Sunday, June 7, 2020

पुनर्वासको जीवनज्योति माविलाई आईसोलेशन केन्द्र बनाईने

-सुनिलकुमार लो
कञ्चनपुर, २५ जेठ ।
पुनर्वास ६ स्थित जिवनज्योती मा.वि.लाई आईसोलेशन केन्द्र बनाईने भएको छ । पुनर्वास नगरपालिका विपत व्यवस्थापन समितिको आईतवार बसेको वैठकले सो निर्णय गरेको हो । गत मंगलवार नगरमा एक जना स्वास्थ्यकर्मी सहित छ जनालाई कोरोना संक्रमण देखिएपछि यो निर्णय गरिएको बताईएको छ ।
यसका साथै होम क्वारेन्टाइन कार्यविधि २०७७ ले तोकेको मापदण्ड पुरा गरेको व्यक्तिहरुलाई नगरपालिकाको स्वास्थ्य शाखामा अभिलेख राखी होम क्वारेन्टाइनमा पठाउने व्यवस्था गरीने भएको छ । यसको अलावा सम्बन्धित वडाको क्वारेन्टाइनमा सोहि वडाका व्यक्तिहरु मात्र राखिने निर्णय भएकोमा अब देखि क्षमताले भ्याएसम्म जुनसुकै वडाको क्वारेन्टाइनमा शंकास्पद व्यक्तिलाई राखिने छ । जीवनज्योती माविको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई र्‍यापिड टेस्ट गरि नेगेटिभ देखिएमा होम क्वारेन्टाइनमा पठाउने निर्णय पनि आजैको बैठकले गरेको छ ।

No comments:

Post a Comment