Tuesday, June 9, 2020

भीमदत्त नगरपालिकाले ‘पिसिआर’ मेसिन खरिद गर्ने

-विकास सिह महता
कञ्चनपुर, २७ जेठ
जेठ तेस्रो सातादेखि कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि भीमदत्त नगरपालिकाले कोरोना परीक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ । परीक्षणको दायरा बढाउन र संक्रमण फैलिनबाट जोगिनका लागि नगरपालिकाले एक मेसिन खरिद गर्ने भएको हो । मंगलबार भीमदत्त नगरपालिका कोडिभ १९ रोकथाम तथा नियन्त्रण सम्बन्ध निर्देशक एव समन्वय समितिको बैठकले पिसिआर मेसिनको अति आवश्यकता परेकाले खरिद गर्ने निर्णय गरेको हो ।
भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले संक्रमणको उच्च जोखिम र अब आउने संकटसंग सामना गर्नका लागि समेत मेसिनको आवश्यकता भएकोले खरिदका लागि नगरपालिकाले आवश्यक प्रकृया अघि बढाएको बताए ।
संघीय र प्रदेश सरकारसंग यस अघि नै महाकाली अस्पतालमा पिसिआर मेसिन खरिदका लागि पटक पटक ताकेता गर्दा समेत दुवै सरकारबाट कुनै पहल नहुँदा भीमदत्त स्थानीय सरकारले एक्कैले मेसिन खरिद गर्न लागेको हो ।
‘मेसिन खरिद प्रकृयाका लागि कार्यालयसंग आवश्यक प्रकृया अघि बढाउन निर्देशन दिईसकेका छौँ, ‘नगर प्रमुख विष्टले भने, ‘खरिद नियमावलीमै रहेर ईबिडिङ्ग मार्फत खरिद गछौँ ।’
महाकाली अस्पतालले संचालनको जिम्मेवारी दिने बताउदै मेयर विष्टले स्थान भने अस्पतालको परिसर अथवा भेटेरिनरी अस्पतालमा राखिने बताए । ‘पिसिआर मेसिनका लगि केही सर्पोटेड उपकरण भेटेरिनरी अस्पतालमा पनि छन, तिनीहरुलाई पनि प्रयोग गछौँ ।’
तुरुन्तै खरिद प्रकृया अघि बढाउन र विज्ञको सल्लाह अनुसारै २५दिनभित्रै मेसिन संचालनमा ल्याउने हिसाबले गृहकार्य भईरहेको मेयर विष्टले बताए ।
‘बजेटका लागि कुनै कमि हुँदैन्, ‘मेयर विष्टले भने, ‘मेसिन गुणस्तरिय एव विश्वनिय होस ।’ जनशक्ति व्यवस्थापन देखि तालिम गराईने र आपूर्तिकर्ताले शुरुमै परीक्षण गरेर मात्रै बुझिने उनले बताए । ‘मेसिनको स्फेसीफिकेसनका लागि विज्ञलाई पत्राचार गरिसकेका छौँ, ‘उनले भने, ‘सबैभन्दा ठुलो विषय जनताको स्वास्थ हो, मेसिनको गुणस्तरसंग कुनै सम्झौता गरिदैन् ।’ मेयर विष्टले मेसिन स्थापना गर्ने कार्य पहिल्यै परिकल्पना गरेका थिए । यस बारेमा जिल्ला अन्य स्थानीय तहसंग समेत छलफल भईरहेको उनले बताए ।कम्तिमा दिनमा ९० नमुना परीक्षण गर्ने मेसिन खरिद गरिने छ ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले भीमदत्त नगरपालिकाले अघि सारेको योजना सह्रानिय भएको बताए । उनले यस प्रकृयाम अन्य स्थानीय तहले समेत हातेमालो गर्नुपर्ने बताए । ‘हामी जनशक्ति र किटका लागि आवश्यक पहल थाल्छौँ, ‘अध्यक्ष जोशीले भने, ‘हामीले पनि महाकाली अस्पतालमा मेसिन जडान गर्ने विषयमा पहिल्यैदेखि प्रदेश र संघीय सरकारसंग ताकेता गरे केही भएन् ।’
नगरपालिकाले पिसिआर मेसिन खरिद, शव वाहन लगायतका कोरोना जोखिम न्यूनिकरणका लागि उच्च सुरक्षा सर्तकता एवम तयारी थालेको छ ।
भीमदत्त नगरपालिकाले पिसिआर मेसिन खरिद गरेर कोरोना परीक्षण गर्ने निर्णय गरेसंगै नगरवासी मात्रै नभएर कञ्चनपुरका आम नागरिक हर्षित भएका छन्. । यस अघि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाउनुपर्ने र रिर्पोट आउँन कम्तिमा ४ दिनदेखि साता लाग्ने भएपनि अब जिल्लामै मेसिन भएपछि दिनका दिन रिर्पोट आउने अपेक्षा गरेका छन् । यस कार्यलाई चौतर्फि रुपमा प्रशंसा गरिएको छ । कोरोनाका बेला केही देशभरीका केही स्थानीय तहले विलासीताका वस्तु, ठेक्कापट्टा लगायत अन्य अनुत्पादक क्षेत्रमा फजुल बजेट खर्च गरेपनि भीमदत्त नगरपालिकाका प्रमुख विष्टले यस्तो दुरदृष्टि ल्याएको भन्दै उनको कामको प्रशंसा गरिएको छ । हालसम्म कञ्चनपुरका ३२ जनामा कोरोना पृुष्टी भएको छ ।

No comments:

Post a Comment