-मोहन बिष्ट
कञ्चनपुर, २७ जेठ ।
लकडाउनको मौका छोपी कञ्चनपुरमा चोरी गर्ने समूहको बिगबिगी छ । कुखुरादेखि सुनसम्मका चोरी बढेका छन् ।
विभिन्न चोरीका घटनामा संलग्न २० जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । ४२ थान साइकल बरामदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार कञ्चनपुरका बेदकोट, भीमदत्त नगरपालिका र कैलालीका लम्की चुहा नगरपालिका क्षेत्रका युवक पक्राउ परेका छन् । ब्राेइलर कुखुरा, साइकल, मोटर चोरी गर्ने, विद्यालयमा चोरी गर्ने, पसलमा चोरी गर्नेदेखि घरमा सुन चोरी गर्ने पक्राउ परेका हुन् ।
कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले विभिन्न चोरीका घटनामा संलग्नमाथि छानबिन भइरहेको बताए । उनका अनुसार बरामद गरेका साइकल सवारीधनीलाई पहिचानका लागि कागजात एवं हुलिया ल्याएर उपस्थित हुन आह्वान गरिएको छ । चोरीका साइकल काठमाडौंबाट ल्याएका हौँ भनेर उनीहरूले स्थानीय बजारमा बिक्री–वितरण गरेका थिए ।
No comments:
Post a Comment