-सुनिलकुमार लो
कञ्चनपुर, ३२ जेठ ।
पुनर्वास नगरपालिकामा पुन: दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । तीन जनालाई गरिएको पिसिआर परिक्षणको रिपोर्ट आउँदा दुई जनामा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएको व्यक्तिहरुमा पुनर्वास ११ का एक पुरुष हुन भने अर्का पुनर्वास ६ का पुरुष हुन, जो बोराडाँडी ब्यारेकका सैनिक हुन । त्यसैगरी अर्को पिसिआर रिपोर्ट नेगेटिभ आएको व्यक्ति पुनर्वासकै भएपनि पहिचान खुल्न नसकेको पुनर्वासका स्वास्थ्य प्रमुख राम बहादुर धामीले जानकारी गराएका छ्न । त्यसैगरी पुनर्वासमा गत शुक्रबार उनसाठी जना संकास्पद व्यक्तिहरुको पिसिआर चेक गरी पठाईएकोमा हालसम्म रिपोर्ट नआएको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले जानकारी दिएका छ्न ।
पुनर्वासमा यस भन्दा अघिल्लो पिसिआर चेकमा दुई जना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । हिजो सनिवारको रिपोर्टमा पुन: दुई जनामा कोरोना पुष्टि भएसंगै पुनर्वासमा कूल २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अञ्चल अस्पताल भिमदत्तनगरमा उपचार भईरहेको छ ।
No comments:
Post a Comment