Sunday, June 14, 2020

 लालझाडीमा एक जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

-सुनिलकुमार लो
कञ्चनपुर, ३२ जेठ ।
लालझाडी गाउँपालिकाका एकजना स्वास्थ्यकर्मिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यससंगै सुदूरपश्चिममा कोरोना संक्रमित स्वास्थ्यकर्मीको सङख्या ४ पुगेको छ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ का ३२ बर्षीय स्वास्थ्यकर्मीमा शनिवार कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि कञ्चनपुरको पुर्नवास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मी र डडेल्धुराको  डडेल्धुरा अस्पतालमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भईसकेको छ ।  सनिवार प्राप्त रिपोर्ट अनुसार लालझाडीमा दुई महिला, एक स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।


No comments:

Post a Comment