पछिल्लो समय रेखा जोशीसंग गाएको देउडा गीत "तेरो मेरो" ले एक्कासी चर्चामा आएका गायक अविरलको सांगीतिक जीवन भने निकै संघर्षपूर्ण छ ।
पारिवारिक समस्या र आर्थिक अभावलाई झेल्दै कुनै समय उनी नोकरीको सिलसिलामा भारतको मुम्बई पुगेका थिए । कलाकारीता भनेपछि भुतुक्कै हुने अविरल त्यहाँ पनि चुप लागेर बसेनन । हिरा कम्पनीको कामदारको रुपमा काम गरीरहँदा पनि सांगीतिक यात्रालाई कायम राखिरहे । मुम्बईमा हुने हरेक कार्यक्रममा उनले आफ्नो सहभागीता जनाईरहे । गित गाउँदै नाच्दै नेपाली कला र संस्कृतिको जगेर्नामा अहोरात्र खटिरहे ।
नेपाल फर्के पछी लामो समयको प्रयासमा उनले पहिलो सांगीतिक एल्बम " सपना" लिएर श्रोता माझ झुल्किए । जुन एल्बम भित्र रहेको "मेरो माया" बोलको गित अविरललाई पहिचान बनाउने कार्यमा कोसेढुंगा सावित भयो ।
त्यसपछि दोस्रो प्रस्तुतिको रुपमा बजारमा आएको "तेरो मेरो" ले हाल गायक अविरल चर्चामा छ्न । जसको म्युजिक भिडियो हालै मात्र युटुबमा रिलिज भएको छ । थुप्रै दर्शक श्रोताले मनपराईरहेको सो गित र भिडियोलाइ दशौ हजार दर्शक श्रोताले युटुबमा हेरिसकेका छ्न । जुन भिडियोलाई हालका जल्दाबल्दा निर्देशक जिबि आग्रीले निर्देशन गरेका हुन ।
दर्शक श्रोताको मायाले हौसिएका गायक अविरलले "छिटै आइजा" बोलको गित बजारमा ल्याउदैछ्न । जसमा शब्द, संगीत र आवाज गायक अविरलको रहेको छ । जसमा अविरललाई चर्चित गायिका मान्डवी त्रिपाठीले साथ दिदै हुनुहुन्छ ।
प्रस्तुति: सुनिलकुमार लो
No comments:
Post a Comment