Thursday, July 9, 2020

कञ्चनपुरमा एकै दिन सशस्त्र प्रहरीका चार बिओपी स्थापना

कञ्चनपुरमा एकै दिन सशस्त्र प्रहरीका चार बिओपी स्थापना

–केशब भट्ट
बेलौरी । कञ्चनपुरको दक्षिणी क्षेत्र र पश्चिमी क्षेत्रमा सशस्त्र प्रहरीको चार बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी झलारीले भारतसंग सीमा जोडिएका माहाकाली, बेलौरी र पुनर्वास नगरापलिकाका विभिन्न स्थानमा बिओपी स्थापना गरिएको छ ।
महाकाली नगरपालिकाको बैलबन्द, पुनर्वासको दोदा पुल तथा बेलौरीको थापा चौराह र भुडामा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले बताए ।
सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी बल बैद्यनाथ बाहनीका बाहनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बिहीबार चार ओटै पोष्टको उद्घाटन गरेका छन् ।
एक दशक अघि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीका हाल १० बिओपी पुगेका छन् । यस अघि विचफाँटा र झिलमिलामा बिओपी स्थापना गरिएको थियो ।
ब्रह्मदेबदेखि डोकेबजारसम्म कञ्चनपुरको भारतसित १ सय २९ दशमवल ५ किलोमिटर सीमा जोडिएको छ । महाकाली नदी बाहेक दक्षिणी क्षेत्रमा अधिकाँश खुला सीमा छ ।
सीमा क्षेत्रमा हुने अपराध, तस्करी, अवैध धन्दा नियन्त्रण र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाइएको हो ।

No comments:

Post a Comment