Thursday, July 9, 2020

पुनर्वास ३ मा अटो सेन्सर सडक बत्ती जडान सम्पन्न, नगर प्रमुखद्वारा उदघाटन


कञ्चनपुर, २५ असार ।
पुनर्वास नगरपालिका वडानम्बर ३ को आईबिआरडी बजार र रामबस्ती क्षेत्रमा ७६ थान अटो सेन्सर सडक बत्ति जडान सम्पन्न भएको छ । आज एक कार्यक्रम बिच बत्ति बाली पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले उदघाटन गर्नुभयो ।
प्रदेश सभासद तारालामा तामाङको पहलमा सुदुरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्राप्त बजेट छ लाख एक हजारको लागतमा सो आयोजना सम्पन्न भएको हो ।
सो सडक बत्ती अटोमेटिक(अँध्यारो हुँदा बल्ने र उज्यालोमा निभ्ने) हुने र यसले रातमा हुनसक्ने अपराधिक क्रियाकलापलाई रोक्न मद्दत मिल्ने पुनर्वास नगरपालिका सब-ईञ्जिनियर लालमान तामाङले बताउनुभयो ।
बत्ती उदघाटन पछि बोल्नुहुँदै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले अटोमेटिक सडक बत्ती ल्याउनमा पहल गरीदिएकोमा माननीय तारालामा तामाङलाई धन्यवाद दिनुभयो । मेयर थापाले पुनर्वासका हरेक चोकचोकलाई उज्यालो बनाउने लक्ष्यका साथ आफुहरुले काम गरीरहेको जानकारी समेत गराउनुभएको थियोे ।

No comments:

Post a Comment