केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेपछि सुदूरपश्चिममा आजदेखि सञ्चालन गर्ने तयारी भएको हो ।
जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।
यातायात व्यवस्था विभागसँग ५०र५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमित भएपछि महासंघले यातायात सञ्चालन गर्न सहमत भएको हो । सरकारले असार २६ गतेदेखि सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सुदूरपश्चिमका अधिकासं व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।
No comments:
Post a Comment