Saturday, July 25, 2020

शुक्लाफाँटा वडा कार्यालय आगजनीमा काँग्रेसद्वारा दु:ख व्यक्त

झलारी । शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गरिएको आगजनीप्रति नेपाली कांग्रेस शुक्लाफाँटा–७ वार्ड समितिले दुःख व्यक्त गरेको छ ।
वडा समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेको छ । ‘जनताको घरदैलोमा सेवा गर्ने वडा कार्यालयमा आगजनी गर्ने लगायतका घृणित काम गर्नेलाई जो कोही भएपनि छानविन गरी कडा कारबाही गरिनु पर्छ,’ वडा सभापति बि.बि भट्टद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ।
घटनाको सत्यतथ्य छानविनका लागि सर्वदलिय छानविन समिति गठन गर्न समेत नेपाली कांग्रेसले माग गरेको छ । घटनाको छानविनमा नेपाली कांग्रेस पार्टी सहयोग रहने विज्ञप्तीमा उल्लेख छ ।

No comments:

Post a Comment