Friday, July 10, 2020
नेपालमा थपिएका संक्रमित कुन – कुन ठाउँका हुन् ?
काठमाडौं । नेपालमा आज (शुक्रवार) थप ११८ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक ट्रेसिङ’ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार पीसीआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।
यस्तो छ थपिएकाको जिल्लागत विवरण :
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : इलामका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : पाँचथरका २ जना
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सिरहाका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ४ जना,महोत्तरीका ३ जना,सर्लाहीका ६ जना र सिरहाका १ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : रसुवाका १ जना,डोटीका १ जना र सर्लाहीका १ जना
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : काठमाडौंका १ जना
भरतपुर अस्पताल प्रयोगशाला गरिएको परिक्षणमा : चितवनका १ जना
पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परिक्षणमा : बाँकेका १ जना,भक्तपुरका १ जना,काठमाडौंका १५ जना, काभ्रेपलाञ्चोकका २ जना, ललितपुरका १३ जना, महोत्तरीका १ जना, रामेछापका १ जना, रौतहटका २ जना, सिन्धुलीका १ जना सिन्धुपालचोकका १ जना
त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : काठमाडौंका १२ जना,सर्लाहीका १ जना,इलामका १ जना,पाल्पाका २ जना,रुपन्देहीका १ जना,मकवानपुरका १ जना, धादिङका १ जना र कैलालीका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा : पोखरामा बाग्लुङका २ जना र तँनहुका ८ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : गोरखाका १ जना र नवलपरासीका २ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : गुल्मीका ६ जना र पाल्पाका २ जना
रियल टाइम पिसिआर प्रयोगशाला दैलेखमा गरिएको परिक्षणमा : सुर्खेतका ७ जना,बाजुराका १ जना र दैलेखका २ जना
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : डोल्पाका १ जना,सल्यानका १ जना र सुर्खेतका ४ जना
आज जम्मा संक्रमित हुनु हुनेको संख्या ११८ जना
आज थपिएका संक्रमित कुन प्रदेशमा कति थपिए संक्रमित ?
प्रदेश नं १ मा ४ जना
प्रदेश नं २ मा २० जना
वाग्मती प्रदेशमा ५१ जना
गण्डकी प्रदेशमा १३ जना
प्रदेश नं ५ मा १२ जना
कर्णाली प्रदेशमा १५ जना
सुदूरपश्चिम प्रदेशमा ३ जना
भक्तपुरमा थपिए एकजना कोरोना संक्रमित :
भक्तपुरमा थप एकजनामा कोरोना भाईरस ‘कोभिड९ १९’ संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा गरिएको ४ हजार ८ सय ६ वटा पिसिआर परिक्षणमा देशका विभिन्न स्थानका थप ११८ जनामा कोरोना भाईरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएकोमा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर ) मा मात्रै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ललितपुरमा थपिए १३ जना कोरोना संक्रमित
ललितपुरमा बितेको २४ घण्टामा थप १३ जनामा कोरोना भाईरस ‘कोभिड १९’ संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ललितपुरका थप १३ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको हो ।
पछिल्लो एक सातादेखि दैनिक रुपमा उपत्यका (काठमाडौं भक्रपुर र ललितपुर)मा संक्रमित थपिईरहेका छन् ।
बढ्यो जोखिम : काठमाडौं उपत्यकामा एकैदिन ४२ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा आज (शुक्रवार) एकैपटक ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवत्तला प्रा. डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा आज एकैपटक ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज उपत्यकामा कोरोना संक्रमण पुष्टि भएकोमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमामाडौंका एक जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १५ जना, ललितपुरका १३ जना र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जनामा गरेर आज उपत्यकामा एकैपटक ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्य मन्त्रालयले बताएको छ ।
यसरी काठमाडौंमा २८ ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको हो ।
५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला
यी हुन् ५०० भन्दा बढी संक्रमित भएका ६ जिल्ला नेपालमा आज ९शुक्रवार० थप ११८ जनामा कोरोना भाईरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।
महोत्तरी
रौतहट
पाल्पा
बाजुरा
कैलाली
अछाम
कोरोना संक्रमित नभएका यी ६ जिल्ला :
नेपालको ७७ जिल्लामध्ये अहिले ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । हाल कोरोना संक्रमित नभएका ६ जिल्ला
धनकुटा
भोजपुर
सोलुखुम्बु
मुस्ताङ
हुम्ला
मनाङ
देशभरका आइसोलेसन र क्वारेन्टाइनमा कति छन् ? (प्रादेशीक विवरणसहित)
पछिल्लो समय क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या घटिरहेको छ । हालसम्म २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन् । भने ६ वटा जिल्ला कोरोना मुक्त भएका छन् । त्यस्तै हालसम्म ८ हजार ६ सय ३ जना आइसोलेसनमा रहेका छन् ।
कुन प्रदेशमा कति छन् आइसोलेसनमा रहेका बिरामीहरु ?
प्रदेश नं १ मा १ सय ९२
प्रदेश नं २ मा २ हजार ४४
वाग्मती प्रदेशमा ४ सय ५७
गण्डकी प्रदेशमा ८ सय ७१
प्रदेश नं ५ मा १ हजार ६ सय ७५
कर्णाली प्रदेशमा ४ सय जना
सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६४
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा २ हजार ८ सय ७१
प्रदेश नं २ मा ३ हजार ४२
वाग्मती प्रदेशमा १ हजार ९ सय १३
गण्डकी प्रदेशमा ४ हजार १ सय ९१
प्रदेश नं ५ मा ५ हजार १ सय ११
कर्णाली प्रदेशमा १ हजार ८ सय ३५
सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ४७
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment