Thursday, July 23, 2020
कञ्चनपुरमा सशस्त्र प्रहरीको सक्रियता बढदो, अवैध सामान बरामद
कञ्चनपुर । गत बिहिबार विहान ३ बजे भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध ब्रोइलर कुखुरा बेलौरी नगरपालिका ८ पचुईस्थित सीमाक्षेत्रबाट बरामद गरिएको छ। सशस्त्र प्रहरी बल अस्थायी सुरक्षा पोष्ट कलकत्ताबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक दलजीत सिंह डोबालको ७ जनाको गस्ति टोलीले १ सय ८० केजी प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको थियो ।
करिब ५५ हजार मूल्य बराबरको उक्त ब्रोइलर कुखुरा सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्त, सशस्त्र प्रहरी निरीक्षक रोशन राज नाथ, नेपाल कुखुरा व्यवसायी संघका प्रतिनिधि भविन्द्र पाण्डेय, पशु क्वारेन्टाइन चेक पोष्ट बेलौरी प्रमुख गोपाल सिंह धामी, बेलौरी उद्योग वाणिज्य संघ अध्यक्ष टेक बहादुर साउँद, व्यवसायी, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको छ ।
त्यसैगरी, हिजोमात्रै बेलडाँडीबाट विहान ६ बजेतिरको समयमा करिब १७ हजार मूल्य बराबरको पाँच बोरा युरिया मल र चार बोरा चिनी बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले बताए । उनले हिजो नै भूडाबाट विहान ४ बजे १२ हजार मूल्य बराबरको ४० केजी ब्रोइलर कुखुरा, विहान ७ बजे २४ हजार ८ सय मूल्य बराबरको युरिया मल बरामद गरी कञ्चनपुर भन्सार कार्यालय दाखिला गरिएको जानकारी दिए । त्यस्तै, आज नै कलकत्ताबाट एउटा मोटरसाइकल सहित ४० किलो माछा पनि बरामद गरिएको र भोली विहान मात्रै सम्बन्ति सबैको रोहोबरमा नष्ट गरिने उनले बताएका छन् । यसअघि, पनि भूडाबाटै ६५ केजी प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment