महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ स्थित ब्रह्मदेबमा सिद्धनाथ सामुदायिक वनमा तारबार गर्न भारतीय एसएसबीले अवरोध गरेको छ । सामुदायिक वनले खाली क्षेत्रमा वृक्षारोपण र तारबार गर्न थालेको थियो ।
सामुदायिक वनका सह सचिव रमेश धानुकले सामुदायिक वनमा तारबार थालेपछि एसएसबीले विवाद झिकेको बताए ।
‘बाँझो जमिन थियो, त्यसमा घेरबार गरी वृक्षारोपण गरिरहेका थियौ’ सह सचिव धानुकले भने, ‘एसएसबीले एकाएक काम नगर्न धम्की दियो ।’
एसएसबीले विवादित भूमि भएकाले तारबार नगर्न धम्की दिएको उनले बताए । सशस्त्र प्रहरी बलले ब्रह्मदेवमा आएको समस्या समाधानका लागि पहल गरि रहेको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह शाहुले ब्रह्मदेवमा आएको समस्या समाधानका लागि भारतीय पक्षसित समन्वय भइरहेको बताए । भारतले गत वर्ष ब्रह्मदेब बजारसम्मको सडक जोड्न अवरोध गरेपछि अहिलेसम्म निर्माण हुन सकेको छैन ।
No comments:
Post a Comment