Monday, July 27, 2020

नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समिति सम्मानित


-सुनिलकुमार लो
कञ्चनपुर, १२ साउन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समिति सम्मानित भएको छ ।
कोरोना भाइरस संक्रमणबाट जोगिन तथा नियन्त्रण गर्न पुनर्वास नगरपालिकाले स्थापना गरेको राहत कोषमा ने.रा.शि.सं.पुनर्वास नगर समितिले रु. १,०१,०००/- एक लाख एक हजार सहयोग गरेकोमा सो सहयोगलाई मध्यनजर गर्दै सम्मान गरिएको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले बताउनुभयो ।
नगर उपप्रमुख शारदा विष्टले नगरपालिकालाई हरतरहले सहयोग गर्दै आएको शिक्षक वर्गको सम्मान कार्यक्रममा नाम छुटन गएकोमा आफू र नगरपालिका तर्फबाट क्षमा माग्नुभयो ।
सम्मान कार्यक्रम पछी बोल्दै पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले शिक्षक वर्गले नगरपालिकालाई पुरयाएको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताउदै आगामी दिनमा यस्तै सहयोगको आशा राखेको बताउनुभयो ।
कोरोना राहत कोषमा सहयोग गर्ने दाताहरूलाई सातौ नगरसभामा नगरपालिकाले सम्मान गर्ने कार्यक्रम राखेको थियोे ।



No comments:

Post a Comment