Tuesday, July 21, 2020

विप्लव समूहले गरयो सुदूरपश्चिम बन्द, ठाउँ-ठाउँमा बम आतंकले बढायो त्रास ।



कञ्चनपुर । आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको बिरोधमा साउन ६ गते नेकपा विप्लवले सुदूरपश्चिम प्रदेश बन्द आव्हान गरेको छ । बन्द सँगै ठाउँ ठाउँमा बम भेटिए पछि जनमानसमा त्रास फैलिएको छ ।

कोरोना महामारीका कारण सार्वजनिक सवारी साधन संचालनमा छैनन नै तर बन्दका कारण निजी सवारी साधन समेत संचालन भएका छैनन् । यसरी विप्लवको बन्दका कारण सुप प्रदेशका ९वटै जिल्लामा प्रभाव परेको छ ।

बन्दका कारण कैलालीका विभिन्न स्थानमा बम राख्नुमा साथै सरकारी सवारी साधन तोडफोड गरिदिए पछि सबैमा त्रास फैलिएको छ। कैलालीको धनगढीमा ३ ठाउँमा, लम्की चुहामा एक ठाउँमा बम राखेको भेटिएको छ । बमलाई सेनाले निष्क्रिय बनाएको छ । अन्य ठाउँमा पनि बम राखेको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रशासनले अपिल गरेको छ ।

बन्दको पुर्व सन्ध्यामा नेकपा विप्लवका नेता कार्यकर्ताले सोमबार राती राके जुलुस समेत प्रर्दशन गर्दै बिना कारण पक्राउ गरेका नेता कार्यकर्ता रिहाईको माग अघि सारेका थिए । नेकपा विप्लव बेलौरीका एक नेताका अनुसार पार्टीले घोषित गरेको पुर्व निर्धारित कार्यक्रम अनुसार बेलौरीमा राँके जुलुस प्रर्दशन गरिएको बताए ।

यस शन्दर्भमा कुरा गर्दा नेकपा बैतडीका सचिव परिर्वतनले बैतडीका ठाँउठाँउमा राकेजुलुस प्रर्दशन गरेर नेता कार्यकर्ताको ससम्मान रिहाईको माग अघि सारिएको बताए । कञ्चनपुरको बेलौरी, बैतडी जस्तै अन्य जिल्ला कैलाली सहित सुप प्रदेशका जिल्लामा राके जुलुस निकालिएको थियो । बन्दको अवज्ञा गरेको भन्दै नेकपा विप्लवका नेता कार्यकर्ताले कैलाली, बैतडी सहितका जिल्लामा सरकारी सवारी साधन समेत तोडफोड गरेका छन् । बैतडी डिलाशैनी गाउँपालिकाको म१ब३९७नम्बरमा तोडफोड गरिदिएको छ ।
नेकपा विप्लव कञ्चनपुरले बन्दमा सहयोगका लागि अपिल समेत गरेको छ । ६ साउनमा बन्द र ६ देखि ८ सम्म सरकारी सवारी साधन संचालनमा पूर्ण रोक लगाउने चेतावनी दिएकोछ । नेकपा कञ्चनपुरका इन्चार्ज सहदेव र सचिव रविद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा बन्दको अवज्ञा गरे त्यसबाट हुने क्षतिको स्वयम जिम्मेबार हुने चेतावनी दिईएको समेत विज्ञप्तीमा दिएको छ ।

No comments:

Post a Comment