Tuesday, July 21, 2020

बेलौरी नगरपलिकामा लगाइएको ताला खोलियो।  




देव राज गिरी 
 कञ्चनपुर, ६ साउन ।

 बेलौरी नगरपालिकामा हिजो गरिएको तालाबन्दी आज दुबै पक्षको सहमतिमा खोलियको छ। सोमबार काँग्रेस बेलौरी पैरवी तथा खबरदारी समितिले तालाबन्दी गरेको थियो। 

 आज भएको दोहोरो पक्षको छलफलमा समितिका तर्फबाट फोहरमैला ब्यबस्थापन नभएको र यसलाई ब्यबस्थापन गरिनु पर्ने, बिकास निर्माण र सेवा प्रबाहलाई चुस्त र दुरुस्त गरिनु पर्ने लगायतका बिबिध विषयका सम्बन्धमा नगर प्रमुख समक्ष अबगत गराइएको थियो । नगर प्रमुख पोतिलाल चौधरीले अबगत गराइएका सबै विषयमा जबाफ दिदै म यी विषयमा स्वच्छ, पारदर्शी, जबाफदेहिका साथै कटिबद्ध भयर समस्या समाधान गर्ने छु भने पछि सहमतिमा ताला खोलिएको हो ।
 

नगर प्रमुख चौधरीले नगरपालिकाको समग्र बिकाशमा एकजना मात्रको सहभागिताले सम्भब नहुने भन्दै नगरको समग्र बिकासमा चासो दिएकोमा आन्दोलनरत पक्षलाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो "सबैको सहभागीता र रचनात्मक सुझावले नगरलाई सम्पन्नता तिर लैजान्छ, बिरोधका लागि बिरोधले बिकासलाई पछाडी धकेल्छ । तसर्थ आगामी दिनमा कुनै जानकारी बिना तालाबन्दी नगरेर छलफल गरि समस्याको समाधान तर्फ जानका लागि सम्पुर्णमा आग्रह गर्दछु ।"

 आन्दोलनरत पक्षले पनि आगामी दिनमा रचनात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।  

No comments:

Post a Comment