Tuesday, July 14, 2020

खानेपानी मन्त्री बिना मगरको पहलमा विपन्न वर्गका लागि घर बन्दै

 फुसको छाना विस्थापित गरीने
-यम प्रसाद आचार्य
कञ्चनपुर, ३० असार ।
खानेपानी मन्त्री बिना मगरको पहलमा कञ्चनपुरको क्षेत्रनम्बर १ का चारवटा पालिकाहरुमा विपन्न समुदायका लागी ६२२ वटा घर बन्ने भएको छ । क्षेत्रनम्बर १ मा पर्ने पुनर्वासमा १६८, बेलौरीमा १३६, बेलडाँडीमा १७४ र लालझाडीमा १४४ गरि जम्मा ६२२ घर बन्न लागेको हो ।
सो घर निर्माण शहरी विकास मन्त्रालयको विपन्न समुदायका लागि "सुरक्षीत नागरिक आवास कार्यक्रम" अन्तर्गत बन्न लागेको हो ।
यस कार्यक्रमले विपन्न समुदायका परिवारको ‘खर र फुसका’ छाना प्रतिस्थापन हुने र विपन्न समुदाय सुरक्षित आवासका धनी हुने बताईएको छ ।
खानेपानी मन्त्री बिना मगरको पहल र प्रयासबाट सो कार्यक्रम आएपछि कञ्चनपुर क्षेत्रनम्बर १ का विपन्न समुदायमा खुशीको लहर छाएको छ । उनीहरूले मन्त्री मगरलाई धन्यवाद दिएका छ्न ।
यस कार्यक्रमले फुसका छानावाला घरमा बसीरहेका विपन्न वर्ग लाभान्वित हुने र यस कार्यक्रमले फुसका छाना भएका घर विस्थापित हुने खानेपानी मन्त्री बिना मगरका स्वकीय सचिव दिपक तिमल्सिनाले बताए ।

No comments:

Post a Comment