Monday, July 20, 2020

पुनर्वासमा क्वारेन्टाइन हटाईने, सबैजना होम कोरेन्ट्वाईन बस्नु पर्ने


-यम प्रसाद आचार्य
साउन ४, २०७६
कोरोना महामारीबाट बच्न सरकारले बनाएको कोरेन्ट्वाईनको व्यवस्था अब देखि पुनर्वासमा हटाईने भएको छ । यो निर्णय सँगै अबदेखी सबैजना आफ्नै घरमा होम कोरेन्ट्वाईन बस्नु पर्नेछ।
शनिबार भारतबाट नेपाल आउनेहरुलाई पुनर्वास २ को सरस्वती मा.वि.को कोरेन्टाईन नराखेपछि कोरेन्टाईनमा बसेका सबैले विरोध गरेका थिए।
यस सन्दर्भमा कुरा गर्दा पुनर्वास नगरपालिका मेयर जीवनराज थापाले प्राय: कोरेन्टाईन विद्यालयमा बनाईएको र अब चाडै विद्यालय सुचारु गर्ने किसिमले नगरपालिकाले तयारी गरिरहेकाले सबै कोरेन्टाईन खाली गराउने र सबैलाई होम कोरेन्टाईनमा बस्न आग्रह गर्ने निर्णय भएको बताउनु भएको छ । होम कोरेन्ट्वाईनमा बस्न असम्भव हुनेहरूलाई के गर्ने भन्ने प्रश्नमा मेयर थापाले तिनिहरुको लागि निश्चित कोठा उपलब्ध गराउने तर खाना भने घर बाटै व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाले कसैलाई पनि कोरेन्ट्वाईनमा नराख्ने भन्ने निर्णयको भने मानिसहरूले विरोध गरेका छन । दशै तिहार नजिकिएसंगै घर फर्किनेहरुको लहर बढ्दै गर्दा भएको यो निर्णयले गाउँगाउँमा कोरोना संक्रमण फैलाउने र पुनः महामारी बढाउने आंकलन गरिएको छ।
तर मेयर थापाले १४ दिन कोरेन्ट्वाईनमा बस्दा कुनैपनि लक्षण नदेखिए बिना परिक्षण पठाउनु भन्ने माथिको निर्देशन अनुसार नै नगरपालिकाले घर पठाएको बताउनु भएको छ। उहाँले यो डाक्टरले प्रमाणित गरेको कुरा हो यसमा बिरोध गर्नुको कुनै तुक नरहेको पनि बताउनु भएको छ । तर नगरपालिकाले होमकोरेन्ट्वाईन बसेका वा कोरेन्ट्वाईन बाट फर्किएकाहरुलाई कुनै पनि लक्षण देखिए अस्पताल पुर्याउने र आवश्यक परे स्वास्थ चौकीमा बनाईएको आईसोलेसनमा राख्ने व्यवस्था नगरपालिकाले गरेको पनि जानकारी नगरप्रमुख थापाले दिनुभयो ।

No comments:

Post a Comment