Monday, July 20, 2020

नेपाली कांग्रेस कञ्चनपुरद्वारा बेलौरी नगरपालिकामा तालाबन्दी


कञ्चनपुर, ५ साउन ।
नेपाली काँग्रेस कञ्चनपुरद्वारा बेलौरी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

सोमबार काङ्ग्रेस युवा नेता एवम् महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्टको नेतृत्वमा तालाबन्दी गरिएको हो ।
उनले स्थानीय सरकारले विकास निर्माण कार्यमा ढिलासुस्ति एवम् लापरवाही गरेको र  पटक पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको बताउँदै  नगरपालिकाविरुद्ध विरोध कार्यक्रमको आयोजना गरी तालाबन्दी गर्नुपरेको बताए ।
यता, बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले विकास सबैको चाहना भएको जनाउँदै काँग्रेसले गरेको विरोधका विषयमा आवश्यक छलफल गरी समाधान खोजिने बताएका छन् ।
यसअघि, काँग्रेसले कञ्चनपुर क्षेत्र नम्बर १ का किसानहरुले भोग्नुपरेको मलखादको समस्या, बेलौरी-कलुवापुर-बैशाखा सडकखण्ड निर्माण, सीमा समस्या समाधान लगायतको माग गर्दै बेलौरीमा विरोध र्‍याली निकाल्नुका साथै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।


No comments:

Post a Comment