Monday, July 20, 2020
साउन ८ गतेबाट सार्वजनिक सवारीसाधन सञ्चालन गरीने
काठमाडौ । आगामी साउन ८ देखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीहरु तयार भएका छन् ।
सोमबार यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने र बाँकी ५० प्रतिशत व्यवसायी आफैले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका हुन् ।
कोरोना संक्रमणका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्ने गरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने जानकारी गराइएको छ ।
त्यस्तै, यातायात मजदुरहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, पन्जा, पीपीई) सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको जनाइएको छ ।
सोमबार यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, यातायात व्यवस्था विभाग, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment