Monday, August 17, 2020

सभासद तारालामा तामाङद्वारा जनकल्याण माविको नवनिर्मित भवन उदघाटन


कञ्चनपुर, १ भदौ ।
प्रदेश सभासद तथा नेकपा सु.प.सचेतक तारालामा तामाङले पुनर्वास ३, आईबिआरडीस्थित जनकल्याण माध्यमिक विद्यालयको नवनिर्मित चारकोठे पक्की भवनको सोमबार एक कार्यक्रम बिच उदघाटन गर्नुभयो । सभासद तामाङको पहलमा सुदुरपश्चिम प्रदेश
सामाजिक विकास मन्त्रालयको क्षेत्रीय शिक्षा विकास निर्देशनालय मार्फत प्राप्त हुन आएको ३८ लाख लागतमा सो भवन बनेको हो । सभासद तामाङले गत चैत १२ गते सो भवनको शिलान्यास गर्नुभएको थियोे ।
विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेलले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै विद्यालयको नयाँ भवनको लागि बजेट पार्न सकृय भूमिका निभाउनु भएकोमा प्रदेश सभासद तारालामा तामाङलाई विद्यालय परीवारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
जेठ मसान्तसम्म बन्ने योजना रहेपनी कोरोना महामारीका कारण भवन निर्माणमा निकै समस्या भएको र समस्याका बावजुद पनि भवन निर्माणमा सक्रियता देखाई समयमै सम्पन्न गरेकोमा निर्माण पक्षलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्थिर प्रसाद घिमिरे धन्यवाद दिनुभयो ।
पुनर्वास नगरपालिकाका उपमेयर शारदा विष्टले शिक्षकहरुले विद्यार्थीहरुको पढाईलाई निरन्तरता दिन वैकल्पिक तरीकाहरु अपनाउन निर्देशन दिनुभयो ।
जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष फैरु तामाङले विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याइपुरयाउन सक्रिय भूमिका निभाउने सबैलाई धन्यवाद दिदै आफ्नो तर्फबाट हुने सहयोगका लागि आफू सदा तयार रहेको बताउनुभयो ।
प्रदेश सभासद तारालामा तामाङले जनकल्याण मा.वि.को भविष्य उज्ज्वल रहेको बताउनुहुँदै विद्यालय परीवारलाई विद्यार्थीको पढाईको गुणस्तर सुधार्नतिर मात्र केन्द्रित हुन र भौतिक निर्माणको जिम्मा आफूले लिन तयार रहेको बताउनुभयो । उहाँले समयमै विद्यालय भवन निर्माण सम्पन्न गरेर सहयोग गर्नुभएका ठेकेदार किशन पन्तलाई विशेष धन्यवाद दिदै आगामी दिनमा समेत विद्यालयका अन्य निर्माणमा उहाँलाई जिम्मेवारी दिईनुपर्ने विचार व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment