Monday, August 17, 2020
कर्णालीको पीडा बोलेको सर्बिन बोगटीको ठाडी भाका "उस्तै छै कि फेरि" युटुबमा सार्वजनिक
-हेमन्त न्यौपाने
माओवादी जनयुद्ध कालमा क्रान्तिकारी गीत गाएर डाँडा पाखा ब्यूँझाउँदै हिडेका गायक सर्बिन बोगटी मार्मिक गित गाउँछ्न । दु:ख पीडा र गरीबिलाई अंगालेर कर्णालीको कालिकोटमा जन्मे हुर्केका गायक बोगटीका गितमा त्यहिको पीडा मुखरीत हुन्छ ।
आज युटुबमा प्रदर्शन गरिएको "उस्तै छैकी फेरि गाई भैंसी चरन्या बन" कर्णाली प्रदेशको कालिकोट लगायत सुदुरपश्चिमका अन्य जिल्लाहरुमा गाईने डेउडा ठाडी भाकाहरुसंग लगभग मिल्दाजुल्दा हुन्छन्। ठाडी भाकाहरु अत्यन्तै मार्मिक र चेतना मुलक हुने गर्दछन।आफ्ना दुख र पिडालाइ गित संगीतको माध्यम बाट भुलाउने प्रयास गर्दै ती डाँडा काडा पाखा पखेरामा घाँस काटदै होस वा उकाली ओराली गर्ने क्रममा गाउने गरिन्छ।यस्तै दुख पीडालाई समेटेर गायका छन,गायक सर्बिन बोगटीले । कर्णालीको कालिकोट जिल्लाको अती विकट क्षेत्र रुप्सा जहाँ अझै टुकिको सहारामा नुन खोज्दै बस्छ्न । दुरदराजको त्यो कालिकोटबाट नयाँ सपना र कलाकारिताको भारी बोकेर काठमाडौ प्रवेश गरेका गायक सर्बिन बोगटीको वास्तविक जीवन पनि कष्टकर नै छ। देश जनयुद्धमा होमिएको बेला कालिकोट पनि अछुतो रहेन । उनी क्रान्ति र परिवर्तनको बिगुल फुक्दै हिडे । यस्तै यात्रा बोगटीले पनि गर्न बाध्य भए १३/१४ बर्षको कलिलो त्यो उमेरमा काधमा राज्यको जिम्मेवारी बोकेर भरियासरि ती कहालीलाग्दा डाँडा काडा पाखा पखेरामा दौडिन बाध्य भए र तत्कालीन जनवादी कलाकार हुँदै पुर्ब मेची देखि पश्चिम महाकाली सम्म जनताका गित गाउदै हिडे जनताका प्यारा सर्बिन बोगटी सधै परिवर्तनशिल र गरिब दुखी अनि उत्पीडिनका गित गाउदै रहे । जंगलको त्यो यात्रा सडक हुँदै सदन सम्म पुग्यो।नेता मन्त्री हुँदै प्रधानमन्त्री सम्म भए तर जनताको जनबाद र कलाकारको त्यो मर्म अझै जस्ताको तेस्तै छ।कलाकार गहना हो भन्थे, वास्तबमै गहना नै बनाइ दिए चाहिएको बेला प्रयोग गर्ने र अरु बेला कता छन के छ नचिन्ने अवस्था हुनु नै सामन्ती प्रवृत्ति हो।जो अहिलेका सत्तासीन नेताहरु र राज्यले गरिरहेको हो छ।यस्तै यस्तै व्यबहारले गर्दा धेरै कलाकारहरु बिस्थापित भएकाछन भने कतिपयले त आत्महत्यानै गर्ने गरेका छन।यस्तै समस्याबाट ग्रसित भए गायक बोगटी । एक समय थियो, राजधानीको त्यो भिडभाडमा आफुलाइ एक्लो सम्झिने बोगटी कयौ रात एक छाक मात्र खान बाध्य भए । फाटेका ती चप्पल र कालिकोटको त्यो दुख अनि आगामी भबिस्य अनि जनताको त्यो हौसला अनि न्यानो मायाले नै उनलाइ मर्नबाट बचायो र संघर्षरत जीवन बिताउन बाध्य भए । जनताका लागि गीत गाउनु, माया र दुई हातको ताली नै उपहार र पारिश्रमिक मान्दै उनी अगाडि बढिरहेका छ्न ।
गत बर्ष मात्रै ट्रेण्डिङमा प्रवेश गरेको गित ब्युटी ब्युटी सारै ब्युटी बोलको गितले राम्रै मार्केट लिएको थियो । जसमा शब्द सहगोत्री आचार्य, संगीत संयोजन टंक बुढाथोकी, स्वर समिक्षा अधिकारी र सर्बिन बोगटी स्वयमको रहेको थियोे । उक्त गित दर्शक माझ निकै चर्चा बटुल्न सफल भएको थियो।तर गायक बोगटी जनताका गित र पीडाका गित नै बढी गाउन रुचाउँछन् । बहु प्रतिभाशाली गायक बोगटीले यो गित मा शब्द संगित र स्वर आफनै रहेको छ । काठमाडौ को प्रीज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गितको मिक्सिङ चर्चित एरेन्जर श्याम संवत् रसाइले गरेका छ्न।भने बासुरी रतन बिकले बजाएका उक्त गितको छायांकन बोगटी कै गृह जिल्ला कालिकोटमै गरिएको छ।अभिनयमा सुदुर पश्चिमकी चर्चित मोडेल सुस्मिता कुवर र बोगटी स्वयमको देख्न सकिन्छ। छायाकार राजेन्द्र पाल, श्रृङ्गार नरेन्द्र एस के हुन । भिडियोमा मुख्य सहायक निर्देशनको काम गरेका छ्न सुनिल पान्डेले, सम्पादन र कलर करेक्सन गरेका छ्न सिलन लम्सालले र यस गितको भिडियो कन्सेप्ट तथा निर्देशन गरेका छन अहिलेका चर्चित फिल्म निर्देशक जिबी आग्रीले जो पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त छ्न।उक्त भिडियो सर्बिन बोगटी युटुब च्यानलमा देख्न सकिन्छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment