कृष्ण बा बुढा भदौ ०२, बाँके \आज बाँकेमा ११ जनामा र बर्दियाका २ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँके ११ सहित बर्दियाका २ जनामा कोरोना पुष्टि भएको हो । यो संगै बाँकेमा कोरोना पुष्टि हुनेको संख्या ७४५ पुगेको छ भने कोरोना संक्रमित मध्य ४ जनाको मृत्युु भैसकेको छ । त्यस्तै ४६८ जना डिस्चार्ज भैसकेका छन् । बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा फैलिसके पछि दैनिक जसो कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ
No comments:
Post a Comment