Sunday, August 30, 2020
दरबन्दी मिलानका नाउँमा राहत शिक्षकहरु माथी षड्यन्त्र भएको भन्दै ज्ञापन पत्र
-सुनिलकुमार लो
कञ्चनपुर, १४ भदौ ।
दरबन्दी मिलानका नाउँमा राहत शिक्षकहरुमाथी नीतिगत विभेद र षड्यन्त्र भएको भन्दै
नेपाल राहत शिक्षक जिल्ला समिति कंचनपुर अन्तर्गत गठित जिल्ला आन्दोलन परिचालन समन्वय समितिले
पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापालाई आइतबार ज्ञापन पत्र बुझाएको छ । देशको विषम परिस्थितिमा सरकारले नै सिर्जना गरेको राहत कोटामा आफ्नो जीवनभरी सेवा गरेका नेपाल भरीका चालीस हजार शिक्षकको भविष्य माथी वर्तमान सरकारले खेलवाड गर्न खोजेको राहत शिक्षकका अगुवाहरुले गुनासो गरेका छ्न ।
जिल्ला आन्दोलन परिचालन समन्वय समिति कञ्चनपुरका संयोजक गोविन्द बहादुर ढाँटले ज्ञापन पत्र बुझाउनुहुँदै सरकारले आफैले नियुक्त गरेको राहत शिक्षकलाई विभेदपूर्ण व्यवहार गरीरहेको, कनिष्ठताको कुरा झिकेको र स्थायीलाई बढी भ्यालु दिने तर राहतलाई पेल्ने काम गरीरहेको बताउनुभयो ।
नेपाल राहत शिक्षक केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष नवीनसिंह धामीले नेपाल लगायत विश्व नै कोरोना महामारीको चपेटमा परेर त्राहिमाम भएको अवस्थामा राहत शिक्षकहरुप्रती सरकारी निर्दयी व्यवहारको जति आलोचना गरेपनी कम हुने विचार राख्नुभयो । "सरकारका नियमित कामकाज ठप्प छन, शिक्षण संस्था बन्द छ्न, आवधिक परिक्षा लिन सकिने अवस्था छैन तर सरकार यस्तो परिस्थितिमा पनि राहत शिक्षक विरुद्ध सरकारले षड्यन्त्र गरीरहेको छ"वरिष्ठ उपाध्यक्ष धामीले जिकिर गर्नुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातिले कार्यविधिमा रहेका अस्पष्ट बुँदाकै कारण यस्तो असमझदारी आएकाले सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुहुँदै सरकारी कर्मचारी भएका कारण माथिल्लो निकायबाट आएका आदेश आफूले अक्षरस: पालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
नगरप्रमुख जीवनराज थापाले दरबन्दी मिलानको सन्दर्भमा आफू शिक्षकहरुको पक्षमा रहेको बताउनुहुँदै राहत शिक्षकका समस्याहरुलाई फरक तरिकाले सम्बोधन गर्नुपर्ने भएपनी सबै शिक्षकहरुलाई सरकारले समान व्यवहार गर्नुपर्ने कुरामा आफ्नो समर्थन रहने विचार व्यक्त गर्नुभयो ।
नेपाल राहत शिक्षक केन्द्रिय समितिले दरबन्दी मिलान कार्यमा राहत शिक्षक माथी नितिगत विभेद भएको भन्दै आन्दोलनको घोषणा गरेको छ । यसै अनुरुप नेपाल भरिकै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको थियोे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment