Sunday, August 30, 2020

सामाजिक सञ्जालमा तिब्र आलोचना भएपछि बाटो मर्मत शुरु


-यम प्रसाद आचार्य
कञ्चनपुर, १४ भदौ ।
कञ्चनपुरको पुनर्वासमा सामाजिक सञ्जाल फेसबुकमा तिब्र आलोचना भएपछि बाटो मर्मत कार्य सुरु भएको छ पुनर्वासको सबैभन्दा पुरानो बजार टाउन र धनगढी जोड्ने लोकतान्त्रिक मार्गको मर्मत सम्भार कार्य सुरु भएको छ । केही समय देखि समाजिक संजालमा तिब्र आलोचना भैइरहेको यस सडकको मर्मत सम्भार प्रदेश सभा सदस्य तारा लामा तामाङ, नगर प्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्ट धामी र पुनर्वास ५ का वडा अध्यक्ष वीर बहादुर बोगटीको पहलमा शुरु भएको हो ।
चालू आर्थिक बर्ष २०७७/०७८ को पुर्वाधार विकास कोष कञ्चनपुरबाट पाँच लाख विनियोजन गरेर सडकको मर्मत सम्भार भैरहेको र समय परिस्थितिलाई मूल्याकंन गर्दै ढिलाइ नगरी काम गर्ने उदेश्यका साथ दाउत निर्माण कम्पनीलाई जिम्मा दिएर यथाशिघ्र काम सुरु गरिएको छ ।
लोकतान्त्रिक मार्गको कालो पत्रेका लागि डिपिआर भएता पनि तत्कालको समस्या समाधान गर्न पूर्वाधार विकास कोषबाट बजेट बिनियोजन गरेर मर्मत सम्भार थालिएको प्रदेश सभा सदस्य तथा नेकपा प्रमुख सचेतक तारालामा तामाङले बताउनु भयो। उहाँले आफुहरु पुनर्वासको दीर्घकालीन विकासका लागि काम गरिरहेको बताउनुहुँदै यो सडकको कालो पत्रेका लागि डिपिआर भैसकेको भएता पनि बर्षायामका कारण सडक अत्यन्तै खराब हुँदै गए पछि तत्काल समस्या समाधानका लागि मर्मत सम्भार गर्न लागेको बताउनु भएको छ ।
त्यस्तै यस मार्गको लागी आवश्यक बजेट अपुग भएमा नगरपालिकाले थप्ने नगर प्रमुख जीवनराज थापाले बताउनु भएको छ। उहाँले विकासको शृङ्खला सुरु भैसकेकाले सबैले धैर्यता देखाउनु पर्ने धारण राख्नुभयो ।
मर्मत सम्भार कार्यमा प्रत्यक्ष सहभागी भईरहनुभएका उपप्रमुख शारदा बिष्ट धामिले सबैका गुनासा नगरपालिकाले सुनिरहेको र चरणबद्द रुपमा सम्बोधन गरिरहेको बताउनु भएको छ । उहाले विरोधका लागि विरोध भन्दा रचनात्मक सहयोग सबैले गरेमा समृद्धि धेरै टाढा नभएको बताउनु भयो।
साविक पराशन र त्रिभुवन बस्तीका हज्जारौं मानिसहरू दैनिक आवतजा गर्ने सो मार्ग खाल्डाखुल्डी र हिलाम्मे भएका कारण सर्वसाधारणलाई आवतजावत
गर्न साह्रै गाह्रो भएको थियोे ।
बाटो मर्मत कार्य सुरु भएपछि अहिले सु.प. प्रदेश सभा सदस्य तारालामा तामाङ, पुनर्वास नगरप्रमुख जीवनराज थापा र नगर उपप्रमुख शारदा बिष्टलाई सामाजिक सञ्जालमा प्रशंसा गर्दै धन्यवाद दिएका छ्न ।

No comments:

Post a Comment