Wednesday, August 19, 2020

आफ्नै घरपरिवारसंग बसेर तिज र गौरा मनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आग्रह

 
-यम प्रसाद आचार्य ।
कञ्चनपुर, ३ भदौ ।
आफ्नै घरपरिवारसंग बसेर तिज र गौरा मनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । सामूहिक रुपमा गौरा र हरितालिका तिज मनाउदा कोरोना महामारीको जोखिम हुने भन्दै जिल्ला प्रशासनले यस्तो आग्रह गरेको हो । कोरोना भाइरस (कोभिड–१९)  को संक्रमण फैलिने क्रम नरोकिए पछि सो कदम अगाडि सारीएको अधिकारीहरुले बताएका छ्न ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै  सामूहिक रुपमा गौरा तथा तीज मनाउँदा कोरोना संक्रमण फैलिने भएकोले जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै पर्व मनाउन आग्रह गरेको छ। यो आग्रहलाई उल्लंघन गरि कुनै क्रियाकलाप गरेमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानून बमोजिम कार्वाही गरीने पनि सूचनामा जनाएको छ ।
(यम प्रसाद आचार्य हाम्रै साझा पत्रिकाका सम्पादक हुन ।)

No comments:

Post a Comment