Wednesday, August 19, 2020
नेकपा पुनर्वास नगरसमितीको कार्यालय उदघाटन सम्पन्न
-यम प्रसाद आचार्य
कञ्चनपुर, ३ भाद्र ।
नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर समितिको कार्यालय सोमबार एक कार्यक्रम बिच उदघाटन गरिएको छ । पुनर्वास ३, आईबिआरडी स्थीत रामबाबु अधिकारीको घरमा कार्यालयको उदघाटन गरिएको हो ।
उदघाटन कार्यक्रमको अध्यक्षता नेकपा पुनर्वास कमिटीका अध्यक्ष पदम पुजाराले गरेका थिए भने प्रमुख अतिथिको आसनमा पूर्व मन्त्री तथा नेकपा केन्द्रिय सदस्य लाल बहादुर बिश्वकर्मा हुनुहुन्थ्यो । त्यसैगरी अतिथिको आसनमा नेकपा कञ्चनपुर अध्यक्ष वीर बहादुर थापा(पातल), नेकपा जिल्ला कमिटी सचिव तथा प्रदेश सभासद तारालामा तामाङ, प्रदेश कमिटी सदस्यहरु रामचन्द्र नेपाल, दिपक बि.सी,रमेश थापा, फुल्लन राना, पुनर्वास नगर प्रमुख जीवनराज थापा, नेकपा पुनर्वास ईञ्चार्ज स्थिर प्रसाद घिमिरे ,नेकपा नेता भक्त बहादुर अधिकारी,नेकपा क्षेत्रीय कमिटी संयोजक आर.पी.सार्की, पुनर्वास सह-ईञ्चार्जत्रय फैरु तामाङ, बिरबल बिश्वकर्मा, कञ्चन गीरी, नेकपा लालझाडी सह-ईञ्चार्जद्वय भक्ता राना, लक्ष्मण कुमाल, पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनार लगायत जिल्ला कमिटी, नगर कमिटी र वडा कमिटीका पदाधिकारीहरु हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै सभासद तारालामा तामाङले भावनात्मक रुपमा एक भई अघि बढन सबैलाई आग्रह गर्नुभयो । नेकपा प्रतिको जनविश्वास अटल रहेको र यसलाई कसैले हल्लाउन नसक्ने जिकिर गर्नुहुँदै सभासद तामाङले पार्टीभित्र देखिएको सामान्य कमिकमजोरीलाई छ्लफल र आत्मालोचनाको माध्यमबाट शुद्धीकरण गर्दै लैजान सबैको ध्यानाकर्षण गर्नुभयो ।
प्रमुख अतिथि तथा नेकपा केन्द्रिय सदस्य लालबहादुर विश्वकर्माले
वर्तमान अवस्थामा पार्टीलाई ल्याई पुरयाउन नेपाली जनताको रगत र पसीना धेरै बगेको बताउनुहुँदै नेकपा एकताबद्ध भएकोमा विश्वभरीका कम्युनिस्टहरु चकित परेको जिकिर गर्नुभयो ।
उदघाटन कार्यक्रमलाई नेकपा पुनर्वास कमिटीका सचिव गंगा बहादुर तामाङले सञ्चालन गर्नुभएको थियोे । कार्यक्रममा सामाजिक दुरी कायम गरि सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्बन गरिएको थियोे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment