कृष्ण बा बुढा
श्रावण २२, बर्दिया \कोरोना देशैभर समुदाय स्तरमा तीव्रता का साथ फैलिएको बेला बाँसगढी नगरपालिकामा आज एक जना वडाअध्यक्षलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडाअध्यक्षसहित विहीबार बर्दियाका १३ जनाालाई भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएकामध्ये दुई जना बासगढीका बैंकका कर्मचारीसमेत रहेको बाँसगढीका मेयर शालिकराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, संक्रमितहरुमा लक्षण देखिएको छैन् ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना पुरुष, गेरुवा गाउँपालिकाका २ महिला र ४ पुरुष गरी ६ जना, राजापुुर नगरपालिकाका १ जना महिला, बढैयाताल गाउँपालिकाका १ जनामा समेत कोरोना पुष्टी भएको छ ।
यो सँगै बर्दियामा अहिलेसम्म २ सय ४८ जनामा कोरोना पुष्टि भएको छ ।
बर्दियामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते मध्यराति १२ बजेसम्म ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।
केन्द्रका संयोजक बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको संयोजकत्वमा बसेको आपत्कालिन बैठकले जिल्लाभर पूर्ण रुपले निषेधाज्ञा घोषणा गर्ने निर्णय गरेको हो ।
No comments:
Post a Comment