कृष्ण बा बुढा भदौ १५ बर्दिया \बर्दियाको बाँसगढी नगरपालिका मा आइतवार एक कार्यक्रमका बीच नगरपालिकाका पुराना प्रमुख प्रशासकीय अधिकृतको बिदाई र नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको थियो । बाँसगढीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा २ वर्ष १४ दिन काम गरेका अम्मरराज खत्रीले यहाँबाट नै सेवा निवृत्त भएका हुन् । उनका स्थानमा दाङको लमही नगरपालिकाबाट टोपेन्द्र केसी आएका छन् । नगरपालिकामा खत्रीको बिदाई र नयाँ आएका केसीको स्वागत गरिएको हो । बिदाई र स्वागत बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले गरेका थिए । उनले सो अवसरमा बोल्दै संघीयता कार्यन्वयनमा कर्मचारीको भूमिका अहम् हुने बताए । ‘संघीयता कार्यन्वयनमा तपाईहरु जस्तो राष्ट्र सेवक कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुन्छ’ उनले भने, ‘स्थानीय दिगो विकासको लागि कर्मचारीहरुले जनप्रतिनिधीलाई सघाउनुपर्छ ।’ सोही अवसरमा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जन स्वास्थ्य अधिकृत सुरेस कुमार रेग्मीको समेत बिदाई गरिएको नगारपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment