Monday, August 31, 2020
लालझाडिमा दोदा नदिमा डुबेर दुई बालिकाको मृत्यु
-यम प्रसाद आचार्य
कञ्चनपुर, १५ भदौ ।
कञ्चनपुरमा दोंदा नदीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । घरबाट माछा मार्न जाने भन्दै गएका बालिकाहरु माछा मार्ने क्रममा अचानक गहिरो ठाउँमा पुगेपछि नदिले तीन जनालाई बगाएको थियोे । तीन जना मध्ये एक जनालाई भने स्थानीयले उद्धार गर्न सफल भएका थिए । यो घटना दिउँसो करीब साढे तीनबजे तिरको हो ।
मृत्यु हुनेमा लालझाँडी गाउँपालिका- २ कञ्जका उत्तम रानाकी १३ बर्षिय छोरी मोनिका राना र कालु सिंह रानाकी १२ बर्षिय छोरी निष्ठा राना हुन भने उद्धार गरीएका १३ बर्षिय अनन्या राना देवदत्त रानाकी छोरी हुन । उनीहरु स्थानीय विद्यालयमा छ कक्षामा पढ्ने सहपाठीहरू थिए ।
मृतकहरुलाई पोष्टमार्टमका लागि बेलौरी लगीएको छ भने उद्धार गरीएका अनन्या रानालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगीएकोमा उनको अवस्था नाजुक भएकाले उनलाई कोहलपुर रिफर गरीएको लालझाडी स्थित हाम्रा संवाददाताले बताएका छ्न ।
अहिले लालझाडीको कञ्ज गाउँ शोकमा डुबेको छ ।
मृत्यु भएका दुवै बालिकाको शव नदीमा बगेको ठाउँबाट ३०० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापा क्षेत्रीले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment