काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेका छन् ।
मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ ।
यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएकोहो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।
१२ हजार ५ सय १९ पीसीआर परीक्षण
पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ९२ हजार ४ सय १८ पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका प्रदेश १ मा १ हजार १ सय ३५ जना, प्रदेश २ मा १ हजार ६ सय ६७ जना, बागमती प्रदेशमा ३ हजार ४ सय ३६ जना, गण्डकी प्रदेशमा ३ सय ४६ जना, प्रदेश ५ मा ८ सय ८१ जना, कर्णाली प्रदेशमा ३ सय १७ जना र सुदूरपश्चिम प्रदेशमा ९ सय २३ जना आइसोलेशनमा रहेका छन् ।
त्यस्तै होम क्वारेन्टाइनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय १६ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ६६ जना, प्रदेश २ मा ३ हजार १ सय ८२, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा १८ जना र सूदुपस्चिम प्रदेशमा २६ जना रहेका छन् ।
आज देशभर ११ हजार ६ सय ५८ व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।
No comments:
Post a Comment