Wednesday, August 19, 2020

प्रदेश सांसद चुनकुमारी चौधरीले एसईई पास गरीन

कैलाली  । सुदूरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरीले एसईई पास गरेकी छन् । गरिबी र शिक्षाको अभाबका कारण सानै उमेरदेखी पढाइवाट बञ्चित रहेकी चौधरीले यस बर्ष एसईई पास गरेकी हुन् ।

यस बर्ष कोरोना महामारीका कारण परीक्षा हुन नसकेपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरुले आन्तरिक मुल्यांकन गरेर पठाएको नतिजालाई रुजु गरेर सार्वजनिक गरेको हो ।

उनले कैलालीको श्रीपुरमा रहेको शारदा माविबाट एसईईका लागि फाराम भरेकी थिइन् । एसईई परीक्षाका लागि राम्रो तयारी गरेकी उनले २ दशमलव २५ जिपिए ल्याएर पास गरेकी छन् । उनले कक्षा ९ र १० गोदावरी नगरपालिका ५ स्थित सिद्धबावा मावि गेटीमा अध्ययन गरेकी हुन् ।

अब राजनितिशास्त्र पढ्ने तयारी

बि स २०३४ साल बैसाख २७ गते कैलाली जिल्लाको गोदाबरी नगरपालिका ५ गेटामा जन्मेकी सांसद चौधरि गरिबी र अभाबका बिच जमिदारका घरमा विभिन्न घरायसी काम गर्ने कमलरिका रुपमा बित्यो । बुवा तेजराम चौधारी र आमा बेलमती चौधरीको कोखबाट जन्मेकी उनी बस्ने घर तथा खाने जमिन नहुदा बिहानै जमिन्दारका घरमा अनेकन किसिमका घरायसी कामहरु गरेर जिबिकोपार्जन गर्थिन र त्यहि जमिन्दारले दिएको मानु मुरी  संकलन गरेर घरपरिवार चलाउथिन ।

बिभिन्न दुख र कस्ट , गालिगलौच तथा दुर्व्यवहार सहेर भएपनी उनलाई आफ्नो र आफ्नो परिवारको गुजारा गर्नु परेको थियो । उनले सानो छदा स्कूल पढ्न त परैको कुरा हो , कहिले स्कुल पढ्ने सपना पनि देख्न पाइनन । अक्षरहरु चिन्ने सपना केवल सपनामै रह्यो । सानै उमेरमा बिहे गुर्नेपर्नेे थारु जातिको चलन अनुसार उनको बिबाह १५ बर्षमै भयो । उनलाई अन्य थारु महिला जस्तै अध्यारो ठाउमा नै बस्ने खालको,हेल्का लगेर घोगी र माछा  मार्न तथा साहुको घरमा कमलरी बस्न पटक्कै मन पर्दैनथ्यो ।

तत्कालिन समयमा अनेकन कमैया कम्लरी मुक्ति  उत्थानका गतिबिधिमा तथा महिला बिकास संस्थाले चलाएका प्रौढ कक्षाहरुमा सहभागी हुन थालिन । घरमा श्रीमानको भरपुर साथ र सहयोग हासिल गरिन् । रुची, लगनशिलता तथा मेहनतले जति अवसर पाइन, धेरै कष्ट्का साथ भरपुर सदुपयोग गरिन । पौढ कक्षा लिए पश्चात् उनीमा लेखपढ गर्न सक्ने सम्मको अवस्था सिर्जना भयो । समाजमा आफैले आफ्नो खुट्टामा उभिनु पर्छ भन्ने मानसिकताको विकास हुदै गयो र कृषि कार्य गर्न थालिन ।

आफू मात्र नगरेर गाउँ समाजमा आत्मनिर्भर बनाउन अनेक प्रयत्न गरिन । समाजमा हुँदै गरेका अनेकन तालिम,मिटिङ्ग तथा भेलाहरुबाट र विभिन्न समाजिक संस्थाहरुका गतिबिधिहरुबाट उनको  ब्यक्तित्व बिकास हुँदै गयो । केही समय पश्चात सामुदायीक बन उपभोक्ता समुह दर्ता मात्र होइन सामुदायीक बनका हक र अधिकारका निम्ति विभिन्न किसिमले निरन्तर लागि रहिन ।

आफ्नो समुदायीक बनलाई सामुदायीक बनका निम्ति लड्ने संथा सामुदायीक बन उपभोक्ता महासंघ नेपालमा दर्ता गराइन ।त्यति मात्र होइन २०६७ सालमा सम्पन्न सामुदायीक बन उपभोक्ता  नेपालको चौथो महाधिबेसनमा जनजाती कोटामा अत्याधिक मतले सदस्य हुनपुगिन ।

यो एउटा कमलरिका निम्ति उदाहरणीय पाटो बनेको थियो । उनले यसका लागि जेलमा समेत बस्नुपरयो । राजनीतिमा पनि चुनकुमारीको चासो अनेकन किसिमले बढ्न थाल्यो र महिला जागरण तथा सशक्तीकरणका मुद्दाहरु एमालेले उठाउने गरेका कारण तत्कालीन समयमा उनले तत्कालिन एमाले पार्टीलाई रोजिन ।

कुनै समयमा जातिबादका कुरा, जातिय राज्यका, थारुवानका कुराले मुलुकनै आन्दोलित भएको बेला उनी अखण्ड रहनुपर्छ र जातिबादलाई कहिले प्रश्रय दिनु हुदैन भन्दै कत्तिपनी बिचलित नभै पार्टिको नीति तथा सिध्दान्तमा कटिबद्द रहिन । नेकपा कम्युनिस्ट पार्टी कैलाली जिल्ला सदस्य हुँदै समानुपातिक कोटाबाट उनी अहिले प्रदेस सभा सदस्य बनेकी छन् ।

तर अझै उनको एउटा पाटो बाकी रहेको थियो र उनीमा त्यो पाटो पूरा नहुदा आफुले समाजलाइ अझै राम्रो सङ्ग डोर्याउन नसक्न्ने भन्दै लागि परिन । त्यो पाटो थियो शैक्षिक योग्यता । उमेर ढल्कदै गएपनी पढाइ भनेको ज्ञानको भण्डार हो ।

लाज सरम मान्नु हुदैन तथा समाजिक र राजनैतिक ब्यक्तित्वले झनै योग्य हुनुपर्छ भन्दै सिद्दबाबा माध्यामिक बिध्यालयबाट कक्षा ८ हुदै उनले अहिले सहजै रुपमा एसईई पास सफल भएकी छन् । उनले अबको आफु निरन्तर शिक्षालाई अगाडी बढाउदै लैजाने बताइन् । उनले अब कक्षा ११ र १२ मा राजनीति शास्त्र  बिषयलाई लिएर अगाडी बढ्ने सोच बनाएको बताइन् ।

 

No comments:

Post a Comment