Monday, August 3, 2020

एकाबिहानै नेपालगंजमा जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि



कृष्ण बा बुढा

श्रावण १९ 
बाँकेको नेपालगन्ज मा भेरी अस्पताल मा आज गरिएको परिक्षण मा नेपालगन्ज वडा नम्बर एकका जनप्रतिनिधि सहित २ जनामा कोरोना देखिएको छ ।

बाँकेमा विहानै दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज उप महानगरपालिकाका एक कर्मचारी सहित २ जनामा संक्रमण पुष्टि भएको हो । अर्का एक जना सामाजिक क्षेत्रका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्ज उप महानगरपालिकाका ५९ वर्षिय पुरुष र नेपालगन्ज १ का ४७ वर्षिय जनप्रतिनिधि पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । आज पुष्टि भएको दुई जनालाई खजुरा क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेसन अस्पतालमा राखिएको छ । दुवै जनाको भेरी अस्पताल पिसिआर ल्यावमा जाँच गरिएको थियो ।

No comments:

Post a Comment