काठमाडौं। बेसारको पनि आइसक्रिम ? झट्ट सुन्दा तपाइँमा पनि यस्तो प्रश्न आउनु स्वभाविक नै हो। किनकी ‘इम्युनिटी पावर बढाउन बेसार पानी खानुपर्छ’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दा उनलाई ट्रोलको शिकार बनाउने तपाइँ–हामी नै हौँ। तर, भारतमा एक डेरी कम्पनीले भने बेसारको आइसक्रिम नै उत्पादन गरेको छ।
विश्व कोरोना भाइरस संक्रमणबाट आक्रान्त बनेका बेला यसको रोकथाम र यसबाट बच्नका लागि विभिन्न उपायहरू खोजिदैछन्। विश्वका धेरै देश कोरोनाविरुद्ध भ्याक्सिन निर्माणमा लागिरहेका छन्।
यसैबेला, भारतको चर्चित डेरी कम्पनी अमूलले बेसारवाला आइसक्रिम तयार पारेको हो। कोरोना भाइरस संक्रणबाट नागरिकलाई बचाउनका लागि यो आइसक्रिम तयार पारिएको कम्पनीको दाबी छ। कम्पनीले यसअघि बेसावाला दूध प्रचलनमा ल्याएको थियो।
कम्पनीले बेसारवाला आइसक्रिममा बेसारका अलवा कालो मरिच, खजुर, बदाम, काजु लगायतका ड्राइफुड पनि मिसाइएको दाबी गरेको छ। कम्पनीका अनुसार १२५ एमएलको प्याकेटको मूल्य १२५ रूपैयाँ छ। यसअघि कम्पनीले २०० एमएलको बेसारे दूधको मूल्य ३० रूपैयाँ निर्धारण गरेको थियो।
आइसक्रिम खाँदा ग्राहकलाई आनन्द आउनुका साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको कम्पनीले बताएको छ। कम्पनीले बेसारवाला दूध र आइसक्रिमको मजा लिन अपील गरेको छ।
अमूलले अप्रिल महीनाको अन्तिमतिर बेसारवाला दूध लञ्च गरेको थियो। कम्पनीले यसअघि यस्तो स्वादको दूध सार्वजनिक गरेको थिएन। जब, कोरोना भाइरसको महामारी शुरू भयो तब कम्पनीले आफ्नो उत्पादनमा विभिन्न परीक्षण शुरू गरेको थियो। त्यसक्रममा कम्पनीले तुलसी दूध र अदूवा दूध लञ्च गरेको थियो। एजेन्सीको सहयोगमा
No comments:
Post a Comment