Friday, September 11, 2020
कोरोनाले बालबालिकामा परेको असर बारे प्रदेशस्तरीय वक्तृत्वकलामा कञ्चनपुर बेलौरीकी रिजल दियाल प्रथम
कञ्चनपुर – सुदूरपश्चिम प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनपुरको बेलौरीकी छात्रा रिजल दियाल प्रथम भएकी छन् । सुदूरपश्चिम प्रदेशले बाल दिवसको पूर्वसन्ध्यामा गरेको ‘कोभिड १९ ले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्यूनिकरणका उपायहरु’ विषयक प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनपुरको उग्रतारा बाल विद्यालय शान्तिपुर बेलौरीकी रिजल दियाल प्रथम भएकी हुन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । त्यस्तै, प्रतियोगितामा श्री सैनिक आवाशीय महाविद्यालय तेघरी कैलालीकी मोनिका विष्ट द्वितीय भएकी छिन् । विष्टलाई पुरस्कार स्वरुप नगद ८ हजार प्रदान गरिएको छ भने प्रतियोगितामा तृतीय हुने श्री सार्क एजुकेशन महेन्द्रनगरका सगल चन्दलाई नगद ६ हजार प्रदान गरिएको छ । “विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता” भन्ने मुल नाराका साथ भदौ २९ गते बाल दिवस मनाइदैछ । दिवसको पूर्वसन्ध्यामा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार भर्चुअल रुपमा प्रतियोगिताको आयोजना गरेको थियो । यस्तै, राष्ट्रियस्तरको वक्तृृत्वकला प्रतियोगिताका लागि कञ्चनपुरको श्री उग्रतारा बाल विद्यालय बेलौरीका रिजल दियाल, श्री सैनिक आवाशीय महाविद्यालय तेघरी कैलालीकी मोनिका विष्ट र श्री एक्सीस विद्याआश्रम धनगढीका अनन्त कर्ण छनौट भएका छन् । छनौट भएका बालबालिकालाई मन्त्रालयमा सम्पर्क राख्न सामाजिक विकास मन्त्रालयले आग्रह गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment