कृष्ण बा बुढा भाद्र २५ बाँके \ बाँकेमा आज ३ महिला र १५ पुरुष गरि थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशाला र बागेश्वरी प्रयोगशालामा गरीएको परिक्षणमा स्वास्थ्य शाखा प्रमुखको रुपमा कोरोना रोकथाम र नियन्त्रणको अभियानमा नेतृत्वदायी भूमिकामा खटिएका राम बहादुर चन्दसहित थप १८ जनामा संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार बाँकेमा कुल कोरोना संक्रमित संख्या १ हजार ३ सय ६३ जना रहेको छ भने कोरोना जितेर डिस्चार्ज हुने संख्या ९ सय ५१ रहेको छ ।
No comments:
Post a Comment