Saturday, September 12, 2020
अतिथि होटलमा आईसोलेसन बसेका कोरोना संक्रमित भन्छन्, खानामा विहान साँझ सोयाबीनको झोल मात्र!
कृष्ण बा बुढा भाद्र २७ बर्दिया \नेपालमा चर्चित कम्पनी चौधरी ग्रुप नेपालकै मात्र नभई विश्वमै चर्चित ठूलो कम्पनी हो । जसले बर्दियाको बाँसगढीमा वाई वाई चाउचाउ उत्पादमा गर्छ । अन्तराष्ट्रिय रुपमा परिचित चौधरी ग्रुपले विदेशमा पनि कम्पनी संचालन गरेको छ । ठूलो कम्पनीमा काम गर्ने कर्मचारीको व्यथा बेथा भने फरक छ । चौधरी ग्रुपमा काम गर्ने ६२ कर्मचारीलाई पटक पटक गरी बिहिबार सम्म कोरोना पुष्टि भयो । ६२ जना मध्य २ जना कोहलपुरको आईसोलेसनमा बसेका छन भने अन्य होम आईसोलेसनमा छन् । कोरोना संक्रमित बिरामीलाई भने चौधरी ग्रुपले बाँसगढी स्थित अतिथि गेष्ट हाउसमा (होटल) राखेर बिहान साझ सोयाबीन र आलुको भोलमा झाक टार्न बाध्य बनाएको खबर बाहिरिएको छ । बाहिरबाट सुबिधा सम्पन्न देखिने होटल अतिथि होटलको आईसोलेसन बस्ने बिरामीलाई दिने सेवा गुणस्तरहिन भएको पीडित कर्मचारी बताएका छन् । अतिथि गेष्ट हाउसमा ५४ जना बस्छन् । जसमध्य ५ जना गर्भवती छन् । गर्भवती महिलालाई बिहिबार कोरोना संक्रमित पुष्टि भएको हो । पौष्टिक खाने कुरा नखाँदा गर्भवती र वच्चाको ज्यान जोखिममा छ । कोरोना संक्रमित बचाउँन उच्च मनोबल र पौष्टिक खाना कोरोना जित्ने आधार हो । तर, कर्मचारीलाई खानाको मिनिमम रिक्वाएरमेन्ट पनि पूरा नगरिएको कोरोना संक्रमित कर्मचारीको गुनासो छ । कतिपय खानाको गुणस्तरहिन भएका कारण बिहान र साझ भरपेट नखाएको कुरा बाहिर आएको हो ।अतिथि होटलका नर बहादुर वलीले आईसोलेसनका बिरामीलाई बिहानको ब्रेक फास्टमा अण्डा र चना र खानामा साग सहित तीन थरीका तरकारी दिएको बताउँछन् ।मासु बिरामीलाई नदिने सर्त अनुसार मासु नदिएको उनले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment