कञ्चनपुर । शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरले आईतवार विभिन्न माग राख्दै विभिन्न ठाउँमा ज्ञापनपत्र बुझाएको छ ।
आज शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरले शिक्षा बिकास तथा समन्वय इकाई कञ्चनपुरका इकाइ प्रमुख भरतबाबु सुवेदीलाई भिमदत्त नगरपालिका शिक्षा शाखामा र पेशागत ट्रेडका अध्यक्षहरुलाई ज्ञापनपत्र बुझाएको शैक्षिक सुधार शिक्षक समाजका अध्यक्ष दिपेन्द्र बमले बताउनुभयो । बाँकी रहेका पालिकामा भोलिदेखी बुझाउने अध्यक्ष बमले बताउनुभयो ।
ज्ञानपत्रमा यथासिध्र जिल्लाभित्रको समूचित शिक्षक दरबन्दी मिलान गरियोस्, शैक्षिक गुणस्तर सुधार तथा वैकल्पिक शिक्षा सञ्चालनार्थ अविलम्ब कार्य प्रारम्भ गरियोस्, कञ्चनपुरमा रहेको साविक शैक्षिक तालिम केन्द्र पुनस्थापित गरियोस्, तहगत प्र.अ. व्यवस्थापनका लागि गरिएको निर्णय यथासिघ्र कार्यन्वयन गरियोस्, निजीस्रोत शिक्षक, बाल विकास तथा विधालय कर्मचारीको सेवा सुविधा तथा उचित व्यवस्थापनमा उपयुत्त कदम चालियोस् र राहत शिक्षक तथा साविक उच्च माविको शिक्षक दरबन्दीलाई स्थायी दरबन्दीमा परिणत गर्ने प्रक्रिया अघि बढाइयोस् भन्ने मागहरु उक्त ज्ञानपत्रमा उल्लेख गरिएको छ।
Monday, September 14, 2020
शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरले ज्ञापनपत्र बुझायो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment