Monday, September 14, 2020

भेरी अस्पतालको ल्याब टेक्निसियनसहित बाँकेमा २९ संक्रमित थपिए ! 


कृष्ण बा बुढा भाद्र २९ बाँके \ कोरोना का सङ्क्रमित बढी रहेको अबस्थामा आज भेरी अस्पतालको ल्याब टेक्निसियनसहित बाँकेमा २९ जना नयाँ कोरोना संक्रमितका बिरामीहरु थपिएका छन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २७ र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गरिएको परिक्षणमा २ गरी सोमबार बाँकेका थप २९ जनामा कोरोना संक्रमण देखिएको हो ।                                                                                                 श्रेष्ठका अनुसार, लामो समयदेखि भेरी अस्पतालको प्रयोगशालामा कोरोना परिक्षणमा दिनरात खटिएका दुई जना ल्याब टेक्निसियनलाई कोरोना देखिएको छ । यो सहित बाँके जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ४ सय ६९ पुगेको छ । ८ जनाको कोरोना कै कारण ज्यान गइसकेको छ भने १ हजार ३६ जनाले कोरोना जितेर घर फर्केका छन । त्यसैगरी, जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा ४ सय २५ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment