Saturday, September 5, 2020
बाँसगढीमा खानेपानी स्वच्छता योजना लागू हुदै !
कृष्ण बा बुढा भाद्र १९ बर्दिया \ बर्दियाको बाँसगढी नगरपालिकाले नगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माण गरेको छ । सर्वदलिय÷सर्वपक्षिय कार्यक्रम गरेर नगरपालिकाले योजना निर्माण गरेर लाागू गर्ना लागेको बताएको हो । नगर भित्रका सबै घरधुरीमा खानेपानीको पहुँच पुर्याउन नगरपालिकाले योजना बनाइराखेको नगर प्रमुख सालिकराम अधिकारीले बताए । ‘हामी सबै घरधुरीमा खानेपानी पु¥याउन तत्पर छौं’ उनले भने, ‘अझै केही घरधुरीमा खानेपानी पुगेको छैन । दुई वर्षभित्र खानेपानी पुर्याउनेगरी योजना बनाउँदै छौं ।’ सबैमा खानेपानीको समान पहुँच पुर्याउन नगरका सबै वडामा खानेपानीका योजनाहरु तयारी अवस्थामा रहेको उनले उल्लेख गरे । ‘अझै पनि केही योजनाहरु निर्माण सम्पन्न हुने चरणमा छन्’ नगर प्रमुख अधिकारीले भने, ‘सबै काम गर्न नगरपालिका तयार छ । हामीले नसक्ने ठूला योजनाहरु प्रदेश र संघमा माग गरेर अघि बढ्नेछौं ।’ कार्यक्रममा बोल्दै खानेपानी डिभिजन बर्दियाकी हिमा कुमारी पुनले राजनितिक खिचातानी र उपभोक्ता समितिका कारण योजना विस्तारमा समस्या भएको बताइन् । ‘निर्माण सम्पन्न भएका योजनाहरु विस्तारमा समस्या देखिन्छ’ उनले भनिन्, ‘अन्तिम चरण पुगेका योजनाहरु विभिन्न समस्यामा छन् । समस्या समाधानको लागि सबैले सहयोग गर्नुपर्छ ।’ कार्यक्रममा बोल्ने विभिन्न राजनितिक दलका प्रतिनिधी तथा स्थानिय अगुवाहरुले नगरमा सरसफाई राख्न र सबै घरमा खानेपानी पु¥याउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नगरभित्र हाल ११ वटा खानेपानीका आयोजनाहरु रहेका छन् । कार्यक्रममा सबै वडा भित्रबाट आएका योजना तथा कार्यक्रमहरुको बारेमा छलफल गरेर योजनाहरु निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसी जानकारी दिए । नगरपालिका संघ र प्रदेशसँगको सहकार्यमा अघि बढ्ने उनले बताएका थिए । कार्यक्रममा जनप्रतिनिधी, नगर स्तरीय राजनितिक दलका प्रतिनिधी, नगर स्तरीय सञ्जालहरु, विभिन्न संघसंस्थाको प्रतिनिधी लगायतको उपस्थिती रहेको बाँसगढी नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment