Friday, September 4, 2020
अर्थमन्त्रीले राजीनामा दिँदै, को को छ्न नयाँ अर्थमन्त्री बन्ने दौडमा ?
काठमाडौं, भदौ २०
पछिल्लो समय कुलमान घिसिङलाई सामाजिक सञ्जालले नियुक्ति दियो सरकारले दिएको छैन भन्ने अभिव्यक्ती दिएर सामाजिक सञ्जालमा ट्रोल बनेका अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिँदैछन् । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दियो ।
“बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । उहाँले त्यहीँ राजीनामा दिँदै हुनुहुन्छ,” स्रोतले भन्यो । युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।
नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो । योसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको पनि खोजी सुरु भएको छ । स्रोतका अनुसार अर्थमन्त्री बन्ने दौडमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डे छन् । स्थायी कमिटी बैठकपछि मात्रै मुलुकले नयाँ अर्थमन्त्री पाउने स्रोतको दाबी रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment