कृष्ण बा बुढा आश्विन ४ बाँके \ नगर शिक्षा शाखा कोहलपुरले गरेको निर्णय २४ घण्टामै उल्टिएको छ । नगर क्षेत्र भित्रका विद्यालयहरु आंशिक रुपमा खोल्नका लागि कोहलपुर नगर शिक्षाले निर्णय गरेको केहि समयमा नै आफ्नो निर्णय फिर्ता लिएको हो । आज असोज ४ गतेदेखि बिद्यालयहरु संचालन गर्ने भनेता पनि कोहलपुर शिक्षा शाखा प्रमुख अनन्त पौडेलले अर्को बिज्ञप्ती निकाली बिद्यालय अर्को सुचना नआउँदासम्म बन्द हुने जनाएका छन । कोरोना कहरका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका बिद्यालयहरु खुल्ने भनिएको थियो । कोहलपुर नगरपालिका नगर शिक्षा शाखाको निर्देशन तथा सर्वदलीय बैठकको निर्णय अनुसार विद्यालय ४ गते खुलेपछि पढाई हुन भने केही दिन लाग्ने विद्यालयहरुले जनाएको थिए । नगर भित्रका सरकारी र नीजि गरेर पहिलो चरणमा करिब तीन दर्जन विद्यालयहरु पठनपाठन भनिएको थियो । तर बिद्यालय खोल्ने भनिएको दिनमा नै बिद्यालय नखोल्ने कोहलपुर नगर शिक्षाले निर्देशन दिएको हो । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादबले भने यसरी नगरपालिकालले गरेको निर्णय कार्यान्वयन नगर्न जानकारी दिएको समेत बताए । यस्तो बिपदका बेलामा स्थानिय सरकारले यसरी निर्णय गरि कार्यान्वयन गर्दा भोलि बालबालिकाहरुमा कोरोना संक्रमण देखिदाको जिम्मेवार को हुने भन्दै नगर शिक्षाको निर्णय तत्काल रोक्न निर्देशन दिइएको जानकारी दिए । यसरी बिद्यालय संचालन गरेको पाईएमा जिल्ला अनुगमन समितीले कारबाही गर्ने समेत बताए । र सरकारको अधिकारीक निर्णय नहुदा सम्म बिद्यालय खोल्न पाइने छैन । बरु स्थानिय बिद्यालयहरुले अनलाईन कक्षा संचालन गर्न सक्ने जनाए ।
No comments:
Post a Comment