Sunday, September 20, 2020

लामो समय पछी यसरी फर्किदैछन बडैयातालका विध्यार्थीहरु विद्यालय ! 

 


कृष्ण बा बुढा आश्विन ४ बर्दिया \कोरोना महामारिले गर्दा बिगत ६ महिनादेखि बन्द रहेका बर्दिया बडैयाताल गाउपालिका भित्रका शैक्षिक संस्थाहरु असोज१५ गतेबाट सञ्चालनमा आउने भएका छन् । कोरोना कहरका कारण बन्द रहेका विद्यालयहरु कोरोनाको उच्च सतर्ककर्ता अपनाई सञ्चालनमा आउन लागेका हुन् । गाउँपालिकाले पालिका भित्रका विद्यालयहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर खुलाउन लागेको हो ।                                    गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, गाउँपालिका भित्रका सबै बिधालयका प्राध्यापक र पालिकाका शिक्षा शाखा प्रमुखहरु सहित बसेको बैठकले विद्यालय सञ्चालन गर्ने औपचारिक निर्णय गरेको थियो । प्रत्यक्ष तथा बैकल्पिक सिकाई सहजीकरण सञ्चालनका सम्बन्धमा ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७’ कार्यान्वयनमा रहेर बिधालयहरु संचालनमा लाउने तयारी गरिएको जानकारी शिक्षा शाखा प्रमुख बिष्णु ढकालले दिनु भएको छ । उहाँका अनुसार सरकारले समेत सुरक्षा मापदण्ड सहित विद्यालय खुलाउने निर्देशन अनुसार नगर क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुको सुझाव र सल्लाह अनुसार विद्यालयहरु संचालन गर्न लागिएको हो।                                                                                           अहिले भने असोज १० गते सम्म बिध्यार्थी भर्ना कार्यक्रम चलिरहेको छ भने ११ गते देखि १४ गते सम्म अभिभावक शिक्षा संचालिन गरिने भएको छ ।कोरोना महामारीको बेलामा उच्च सतर्कता अपनाउन पर्ने भएकाले असोज ११ देखि १४ सम्म अभिभावक शिक्षा कार्यक्रम जसको मुल उदेश्य भनेको आफ्नो नानी बाबुलाई कोरोना कहरमा बिद्यालय पठाउदा अपनाउनु पर्ने स्वास्थ सुरक्षाको बारेमा जानकारी प्रदान गर्ने रहेको छ।असोज १५ बाट पहिलो चरणमा सम्पुर्ण विद्यालयले प्रतेक कक्षाका विध्यार्थीहरु लाई आवश्यक समूहमा बिभाजन गरिने छ र प्रत्यक समुहलाइ हप्तामा एक दिन हुने गरि बिद्यालय संचालिन हुने छ भने शुक्रबार र शनिबार बिध्यालय बन्द रहने जानकारी पालिका शिक्षा प्रमुखले दिनुभएको छ।उहाँका अनुसार हप्तामा एक समूह १ दिन मात्रै आएता पनि उनिहरुलाई १ हप्ता सम्मनै घरमै बसि पठनपाठनमा क्रियाशिल बनाउन १ हप्ता सम्मकै र्गृहकार्य प्रादिन गरिने छ भने गृहकार्य चेकजाँचका लागि शिक्षक शिक्षिकाले शुक्रबार र शनिबार समय पाउने जानकारी शिक्षा प्रमुखले दिनु भएको छ।                                         गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको भविश्य अन्यौल भएको र कोरोना कहर विद्यामान रहेकोले विशेष सुरक्षा सावधानीका साथ विद्यालय खोेल्नु नै उपयुक्त हुने बताउनु भएको थियो।

No comments:

Post a Comment