Friday, September 4, 2020

कञ्चनपुरलाई कहिल्यै नबिर्सने गुन लगाएका सिडिओ कारवाहीमा


कञ्चनपुर । गृह मन्त्रालयमा तानिएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कञ्चनपुरलाई नर्बिसने गुन लगाएका छन् । आफू कारवाहीमा परेर भए पनि उनले डोकेबजारबाट वर्षौदेखि कैलाली प्रहरीको नियन्त्रणमा हटाई दिएका छन् ।
डोकेबजारमा सशस्त्र प्रहरी पोष्ट राखेपछि तस्कर गिरोह उनी विरुद्ध खनिएको थियो । तस्कर गिरोहको योजनामा राजनीतिक शक्ति प्रयोग गरी खतिवडालाई गृह मन्त्रालय तानिएको छ ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले डोकेबजारमा सशस्त्र प्रहरी राखेर भन्सार कार्यालय राख्ने तयारी अघि बढाएपछि तस्कर गिरोहमा हल्लीखल्ली मच्चिएको थियो । त्यसपसिछ उनलाई राजनीतिक शक्तिको प्रयोग गरी हटाउन खोजिएको चर्चा बाहिर आएका छन् ।
थोरै बोल्ने र कडा स्वभावका खतिवडालाई अहिले गृह मन्त्रालयसित समन्वय गरी सुरक्षा पोष्ट राखेको आरोप लागेको छ । सरकारको निर्णय अनुसार खुला नाकामा सुरक्षा पोष्ट राख्ने भएपछि उनले कञ्चनपुरको भूमि डोकेबजारमा सशस्त्र खटाएका हुन् ।
सशस्त्र प्रहरीलाई डोके बजारमा खटाएपछि खतिवडा विरुद्ध मिडिया समेत प्रयोग गरेको गुनासो आएको छ । केहीले खोका छाप्राका कारण पनि खतिवडालाई अप्ठेरोमा पार्न खोजिएको उल्लेख गरेका छन् ।
डोकेबजारमा सशस्त्र पोष्ट राखेपछि कैलाली उद्योग बाणिज्य संघका पदाधिकारीले नै खतिवडा विरुद्ध अभिव्यक्ति दिन थालेका थिए ।
खतिवडाले भन्सार कार्यालय नै सार्न सक्ने देखिएपछि उनलाई हटाउने चलखेल सुरु गरिएको हो । गृह मन्त्रालयले खतिवडालाई तानेर उनको स्थानमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ ।

No comments:

Post a Comment