कृष्ण बा बुढा आश्विन २ बर्दिया \बर्दियामा छिन–छिनमा बिजुली काटिने भएकोले बर्दियाबासी मर्कामा परेका छन् । ‘कति–कति बेला ५ मिनेटको अन्तरालमा १० पटक बिजुली आउने जाने गर्छ, बिजुलीको दिएको छ ।सयौंपटक आउने जाने गर्छ, विद्युतसँग जोडिएर काम गर्नेहरूलाई बिजुलीको यो लुकामारीले गर्दा काम गर्न एकदमै अप्ठ्यारो हुन्छ ।’ यस्ता समस्याबाट उद्योगी, व्यवसायी र विद्यार्थीहरु ठुलो मर्कामा परेको स्थानीयबासीको गुनासो छ । हाई र लो भोल्टेजका कारण अधिकांशको घरमा जडान गरिएका ईलेक्ट्रोनिक सामान बिग्रिएका छन् । बर्दियामा यस्तो समस्या हालसालै मात्र देखिएको होइन । वर्ष दिनदेखी नै उपभोक्ताहरु पीडित छन् । विगत केही महिना झन बिद्युत अनियमित हुने गरेको हो । जिल्लाको विद्युत सेवा अवरुद्ध भईरहने गरेकोले बर्दिया का आम नागरिक व्यवसायी, कर्मचारी र विद्यार्थीहरुले सास्ती खेप्नु परेका छ । केन्द्रिय प्रसारणबाटै बिद्युत आपुर्ती अनियमित हुने गरेकोे नेपाल विद्युत प्राधिकरण बर्दियाका प्रमुख परितोष चौधरीले बताउँदै आएका छन् । विद्युत सेवा अवरुद्ध हुने बित्तिकै नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गरिरहेको छ । जसका कारण स्थानीय झनै पीडित हुने गरेका छन । विद्युत जानेबित्तिकै गाउँगाउँका टावरले काम नगरेपछि टेलिफोन नसुनिने, स्पष्ट आवाज नआउने गरेको छ । त्यसबाहेक अन्य दिनमा भने झ्याप्प झ्याप्प बत्ती गइदिँदा लाखौं रुपैयाँका सामानसमेत बिग्रिने जोखिम उत्तिकै हुने गरेको स्थानीय बताउँछन् । यो समस्याको समधान को लागि जिमेबार निकाएको ध्यान जान जरुरी छ ।
No comments:
Post a Comment