कृष्ण बा बुढा आश्विन ३ बर्दिया \ महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण परास्त गर्नेको संख्या बर्दियामा बढेको छ । बर्दियाका आइसोलेसन सेन्टरमा रहेका अधिकांश कोरोना संक्रमित निको भएर घर फर्केसँगै कोभिड जित्नेको संख्या बढी रहेको छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार बर्दियामा ५ सय ३३ जना कोरोना भाइरस पुष्टि भएकामध्ये ३ सय ५७ जनाले कोरोना जितेको र १ सय ७५ जना आइसोलेसनमा छन् । गुलरिया नगरपालिकाका ६४ जना संक्रमितमध्ये ५२ जना घर फर्केको र १२ जना उपचाररत छन् । त्यस्तै मधुवन नगरपालिकामा ६४ जना संक्रमित, ५० जना निको र १३ जना आइसोलेसनमै छन् । बाँसगढी नगरपालिकामा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । पुष्टि भएका १ सय ६२ जना संक्रमित मध्ये ४८ जना निको भएका र १ सय १४ जना उपचारकै क्रममा रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । राजापुर नगरपालिकामा ४० संक्रमित, ३५ निको, ५ जना आइसोलेसन, बारबर्दिया नगरपालिका ४४ संक्रमित, २८ निको र १६ जना उपचारमा छन् । त्यस्तै ठाकुरबाबा नगरपालिकामा ४७ संक्रमित, ४४ निको, ३ जना आइसोलेसन, बढैयाताल गाउँपालिकामा ७९ जना संक्रमितमध्ये ६७ जना निको भएका र १२ जना आइसोलेसनमा रहेको जनाइएको छ । गेरुवा गाउँपालिकामा ३३ जना संक्रमितमध्ये सबैजना कोरोना जितेर फर्किएका छन् । बर्दियामा कोरोना जित्नेको संख्या अधिक छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले भने पछिल्लो समय बर्दियामा लक्षणसहितका कोरोना संक्रमितहरु देखिन थालेका छन् । त्यसैले सबैजना सचेत हुनुपर्ने अवस्था छ । बर्दियामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।
No comments:
Post a Comment