Thursday, September 3, 2020

सुनको भाउ घट्यो


काठमाडौँ/ भदौ १८ ।

 नेपाली बजारमा बिहीबार सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार बुधबारको तुलनामा ७ सय रुपैयाँले कमी भएर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।
बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनमा समेत प्रतितोला ७ सय रुपैयाँले कमी आएको छ । बुधबार प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएको तेजाबी सुन बिहीबार ९६ हजारमा कारोबार भएको छ ।
यस्तै,चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

No comments:

Post a Comment