Sunday, September 20, 2020

पुनर्वासमा यसरी मनाईयो संविधान तथा राष्ट्रिय दिवस २०७७ (तस्वीर सहित)


-यम प्रसाद आचार्य
कञ्चनपुर, असोज ४
कंचनपुरको पुनर्वासमा राष्ट्रिय झण्डा फरहराउदै संबिधान तथा राष्ट्रिय दिवस २०७७ मनाईएको छ। पुनर्वास नगरपालिकाको आयोजनामा राष्ट्रसेवक कर्माचारीहरु तथा जनप्रतिनिधिहरुको उल्लेख्य सहभागीतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो ।
कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख जीवनराज थापाले सबैलाई संबिधान दिवसको शुभकामना दिदै संबिधानले सबैको अधिकार सुनिश्चित गरेको जिकिर गर्नु भयो। ठूलो त्याग र तपस्या बाट संबिधान प्राप्त भएको बताउदै संबिधानले अल्पसंख्यक जनसमुदाय, दलित, पिडित, शोषित र पिछडिएका सबै जनसमुदायको अधिकार सुनिश्चित गरेता पनीअझै  सबैले यसको अनुभव गर्न नपाएको धारणा राख्दै सबैले यसको कार्यान्वयनमा जोड दिएमा सबै समुदायले नयाँ संबिधानको अनुभुति गर्ने बिश्वास ब्यक्त गर्नु भयो । अहिले संबिधान कार्यान्वयनको चरणमा रहेको बताउदै कतिपय कुराहरुमा अझै पनि स्थानीय तह र संघ तथा प्रदेश बिचमा क्षेत्राधिकारका बारेमा  पटक पटक अन्योलता सिर्जना हुने भैइरहेकाले  स्थानीय तहले क@@कसबैअधिकार अझै नपाएको बताउनु भयो । साथै नगर प्रमुख थापाले आज खुशीको दिन भएको बताउदै सम्पुर्ण नगरबासीलाई दिप प्रज्वलन तथा झण्डा फरहराएर संबिधान दिवस आ-आफ्नो घरमा मनाउन समेत अपिल गर्नु भएको छ।

त्यसरी नै नगर उप प्रमुख शारदा बिष्ट धामिले संबिधान दिवसको शुभकामना दिदै संबिधान कार्यन्वयन पुर्ण रुपमा लागू नभए सम्म सबैले आफ्नो अधिकार सुनिश्चित भएको  प्रत्याभूति  गर्ननसक्ने भएकाले सबैले यसको कार्यान्वयनका लागि योगदान दिनुपर्ने भनाई राख्नु भएको छ । नयाँ संबिधान कै कारणले आम महिला, दलित, पीडित र पिछडिएका समुदायले आफ्नो हक अधिकार पाएको बताउदै अब कसैले पनि कसैलाई दबाएर राख्न नसक्ने बताउनु भयो।

कार्यक्रममा नगर प्रवक्ता भारमल सुनारले नयाँ संबिधानले सबैको हक अधिकार सुनिस्चित गरेतापनि अझै पनि दलित, पिडित,शोषित समुदायले त्यसको प्रत्याभूति गर्न नपाएको बताउनु भयो ।

त्यस्तै ९ नम्बर वडा अध्यक्ष नारायण प्रसाद जैशी र वडा अध्यक्ष मान बहादुर गुरुङ  लगाएतका जनप्रतिनिधिले आफ्ना भनाई राख्दै सबैलाई संबिधान दिवसको शुभकामना दिनु भएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई राष्ट्रिय झण्डा  उपहार दिईएको थियो।

कार्यक्रमको संचालन लालमान तामाङले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रशासकीय अधिकृत कृष्ण भट्टले राख्नु भएको थियो ।

No comments:

Post a Comment