नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो।
अब डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ। पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो। निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको जानकारी दिए।
No comments:
Post a Comment