Thursday, October 1, 2020

पुनर्वासमा मर्निङ वाकको नाममा छाडापन बढ्दै, कोरोना संक्रमण फैलने भन्दै स्थानीय चिन्तित


-यम प्रसाद आचार्य
कञ्चनपुर, १५ असोज ।
पुनर्वासको आईबिआरडी बजार वरपर मर्निङ वाकको नाममा छाडापन बढदै गएपछि स्थानीय चिन्तित बनेका छ्न । पुनर्वासको  पैसट्ठी बिगाह चौर र त्यस वरपरका  सडकमा  विहान साढे चार बजेदेखि किशोरकिशोरी र  युवायुवतीको अत्यन्तै भिडभाड हुने भएपछि कोरोना संक्रमण फैलन सक्ने भन्दै स्थानीय त्रसित बनेका छ्न ।
  बिहान साढे चार बज्न नपाउँदै बाटोमा होहल्ला  गरेर  हिडेपछी वातावरण नै कोलाहलमय भएको छ भने  अध्याँरोको फाईदा उठाएर कतिपय किशोरकिशोरी युवायुवती अनैतिक कार्यमा समेत  लागेको स्थानीयले गुनासो गरेका छ्न ।
"मर्निङ वाकको नाममा अनैतिक कार्य हुनुका साथै कोरोनाको जोखिम पनि बढेको छ" नमूना कालिका बहुमुखी क्याम्पसका प्राचार्य विनोद कुमार केसीले बताए ।  यसले सामाजिक मर्यादालाई भङ्ग गर्नुका साथै  समाजमा छाडापन बढाएको र कोरोनाको जोखिमलाई बढाएको प्राचार्य केसीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विज्ञप्ती प्रकाशन गरि निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको भएपनि पुनर्वासको आईबिआरडी क्षेत्रमा भने भिडभाड बढेको तर्फ सरोकारवालाहरुको ध्यान  गएको देखिदैन ।

7 comments:

  1. स्थानीय सरोकार निकायले morning walk कोपनी एक समय अबधि र सिमा तोक्नु पर्छ ।

    ReplyDelete
  2. यतिबेला walking भन्दा पनि घरमै बसेर योगा गरेर बसेमा अधिक फाइदा हुने थियो । morning walk को नाम पारेर ३:३० बजेबाटै किशोरकिशोरीहरु घरबाट किने गर्छन् यसले कोरोनाका साथै समाजमा एक किसिमको विकृती फैलाएको छ । यो सब देखेर ती अबोध बालबालिकाहरुले कस्तो शिक्षा पाउलान ? कस्तो कुराको सिको गर्लान त ?
    समयमै सबैको ध्यानाकर्षण हुनुपर्छ । प्रहरी प्रशासनले पनि नियन्त्रणमा ल्याउनुपर्छ । जसरी हुन्छ समाज र स्वास्थ्य सुधार हुनैपर्छ । बालबालिकाहरुका लागि बालमैत्री वातावरण सिर्जना गरिनुपर्छ ।

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. This comment has been removed by the author.

    ReplyDelete